२४ श्रावण २०७७ शनिबार
समाज

सुन्दर कर्णाली कुरूप बन्दै

जुम्ला— तिला गाउँपालिका–४ की गौरी सुनार एक दशक अघिसम्म गाउँका चारैतिर खानेपानीको मुहान हँुदा निकै सुख हुने गरेको अनुभव सुनाउँछिन्। उनलाई आफू सानै छँदा आमाबावुले दुई घन्टामै जंगलवाट दाउरा र स्याउला ल्याएको पनि उत्तिकै सम्झना छ। पहिला वनको काम सकाएर घरको काम सहजै रूपमा सकिने गरेकोमा अहिले भने जंगलमा दाउरा स्याउला लिन जाँदा न्यूनतम ४ देखि ५ घन्टासम्म हिँड्नु परेको दुःख पोख्छिन् । वनको काममा टाढा जाँदा असुरक्षा बढ्नुका साथै कार्यवोझ पनि निकै बढेको छ। 

उनले भनिन्, ‘जलवायु परिवर्तनको असरले खानेपानीको चरम अभाव देखिन थालेको छ । अहिले दुई तीन किलोमिटर हिँडेपछि पानी भर्न पाइन्छ । मुहान सुक्दै गएका छन् । उनले भनिन्, ‘जलवायु परिवर्तनको असरले खाद्यन्नबालीमा उत्पादकत्व घटेपछि परिवार पाल्नकै लागि विदेशिने बढ्दै गएका छन् । बालबच्चालाई पोषणयुक्त खानेकुरा पाँइदैन। आयतित खानेकुरामा निर्भर बन्दै गएका छौं। खेतको आलीमा घास उम्रदैन, चरनक्षेत्र सकिँदै गएकोले गाईवस्तु पाल्न कठिन छ।’

चन्दननाथ नगरपालिका–१ गोविन्द आचार्यले आपूmले उत्पादन गरेको कृषि उपज उत्पादकत्व घटेपछि परीक्षण गराउन लैजाँदा विषादी प्रयोग गरेको भेटियो। जुम्लीमार्सी धान लोप हुँदैछ। जिल्ला कृषि विकास कार्यालयले अर्गानिक जिल्लाको रुपमा घोषणा गरेपनि  विषादी प्रयोग वढेको उनले वताए । जसले मानविय जीवनमा असर पारेको छ,’ उनले भने। लुकिछिपी प्रयोग गरिएको विषादीले महिलाको स्वास्थ्यमा बढी असर परेको छ । उनले सम्झिए, ‘जलवायु परिवर्तनले कृषिबालीमा प्रत्यक्ष असर पारेको छ ।  सानो हुँदा हिउँ पथ्र्यो, घरबाट बाहिर निस्कन कठिन हुन्थ्यो । अहिले हिउ देख्न हिमाल हेर्नुपर्छ । परम्परागत माटोको छानाले छाएको घरलाई जस्तापाता प्रयोग गर्नाले तापक्रम बृद्धि हुँदै गएको छ ।  जस्तालाई निरुत्साहित गर्दै परम्परागत माटोको छाना भएको घर वनाउन जरुरी छ,’ उनले भने। 

धान नपाक्दै काट्दा धानमा पाइने तत्व ह्रास हुँदै गएको छ । स्याउ कम पाउन थालेको छ । स्याउ उच्च भागमा राम्रो छ । तल्लो क्षेत्रमा नपाक्दै झर्छ । पात र डाढ सुक्दै जाने रोग देखा पर्न थालेको छ। यहाँको  चिनो, कागुनो, फापर लोप हुँदै जान थालेको छ । जलवायु परिवर्तनको असरले कृषि उपजका वस्तु गुणस्तरहीन हुँदै गएका छन्।      

जुम्लाका इतिहासविद् रमानन्द आचार्य विश्वकै चिन्ता र वैज्ञानिकको टाउको खाने विषय जलवायु परिवर्तन भएको दाबी गर्छन्। हिउँदमा हिउँ आउँथ्यो (जाल टागे, घोडे टागे ) भन्थ्यिो। झण्डै ४ फिट हिउँ आउँथ्यो । प्रकृति र संस्कृति एकअर्काका दुईपाटा हुन् । प्रकृतिमा रमणीयता थप्न मानवीय सहयोग चाहिएको छ । उनका अनुसार पुसमा परेको हिउँ, शिला, माघमा परेको हिउँ सुन, फागुनमा परेको हिउँ रूप, चैतमा परेको हिउँ परेविला भन्ने चलन छ ।  चैतमा परेको हिउले पानीको वहाव वढ्दै जान्छ । किसानलाई सिँचाइ गर्न सहज हुन्छ । तर, अहिले हिमालमा हिउँ देखिन छाडेको छ । पानीको वहाव घट्दै जाँदा सिँचाइ सुविधा पुग्न सकेको छैन।  

१५ औ शताब्दीमा कालीमार्सीधानको विकास भएको हो । १६ शताब्दीमा धानमा आत्मनिर्भर भएका थियो जुम्ला। बिस्तारै तातो बढ्न थालेपछि यहाँको मार्सिधानले तातो सहन सकेको छैन । रोगको संक्रमण बढेको छ । दुई दशक अघिसम्म  खानेपानीको कुनै समस्य थिएन । २०१७ सालमा पहिलोपटक जुम्लीले धारा निर्माण गरेर पानी पिउन थालेका हुन्। 

‘अहिले जेठ असारमा अधिकतम तापक्रम २६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम माइनस १४ डिग्री सेल्सियस हुन्थ्यो। अहिले अधिकतम २८ डिग्री पुग्छ । न्यूनतम ८ डिग्रीमा झरिसकेको छ। तापक्रमको घटबढले कालीमार्सी धान प्रभावित भएको छ । फापर, आलु फल्ने ठाउँमा कोदो, चिनो, कागुनो फल्न थालेको छ । जुम्ला हिमाली प्रदेश भएकोले जलवायु सम्बन्धी शैक्षिक कार्यक्रम हुन जरुरी छ,’ उनले भने, ‘जलवायुलाई स्थिर गर्नका लागि पनि बृक्षरोपण नियमित बनाउन जरुरी छ । बृक्षरोपण सप्ताह घोषण गरेर स्थानीय सत्तालाई निर्देशन गर्न सक्नु पर्छ।’

स्वच्छ पानी स्थानीय सरकार, खाद्य सुरक्षा प्रादेशिक सरकार र जलवायु परिवर्तनको जिम्मा केन्द्र्रीय सरकारले जिम्मा लिनुपर्छ । अहिले जलवायु परिवर्तन नखाएको विष नेपालीलाई लागि रहेको छ। विष फलाउने र विष खुवाउने शक्तिले क्षतिपूर्ति दिनुपर्छ । कर्णाली जडिबुटीको धनी क्षेत्र हो । कस्तुरीको नाभीमा वासना भए पनि वासना खोज्दै भौतारिए जस्तो भएको उनको भनाइ छ। 

जडिबुटी उत्पादन, प्रयोग र प्रशोधन जुम्लामै भएर जडिबुटीबाट औषधि बनाउने जिम्मा संघले लिन जरूरी रहेको सरोकारवालको भनाइ छ । पर्यटकीय क्षेत्र, रारा, फोक्सुण्डो, काञ्जिरोवा, पातारासी, ठाकुरज्युलो सुक्दै गएकोमा यसकोबारे पर्यटनमन्त्रालयले ध्यान पु¥याउन जरूरी रहेको सरोकारवाला बताउँछन् । पृथ्वीमा हलचल भए राराको पानी खनिएर गमगडी बग्न सक्छ । गमगडीको विनास एउटै राराले गर्नेछ भन्ने भविष्यवाणीसमेत हुन थालेको छ । यसमा सबै पक्ष सचेत बन्नु पर्ने देखिन्छ ।

 

प्रकाशित: ३१ आश्विन २०७४ ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App