१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ज्येष्ठ नागरिकका अधिकारमाथि चुनौती

राष्ट्रिय मानवअधिकार आयोगले ज्येष्ठ नागरिकका अधिकारमाथि थप चुनौति बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ। आइतबार ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विश्वभर मनाइरहँदा आयोगले ज्येष्ठ नागरिकका समस्या चुनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरेको हो।

‘सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानवअधिकारबारे विश्वव्यापी घोषणा गरिएका वाचाहरू पूरा गरौं’ भन्ने नाराका साथ दिवस मनाइएको हो। संयुक्त राष्ट्रसंघले ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पुहँच पु¥याउने उद्देश्यले सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ का दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरेको हो।

विश्वमा ६० वर्षमाथिका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ। नेपालको जनगणना २०७८ अनुसार नेपालमा ज्येष्ठ नागरिकहरूको जनसंख्या २९ लाख ७७ हजार ३१८ रहेको छ।

औसत आयुमा सुधार देखिएकाले यो संख्या सन् २०५० सम्ममा विश्वभर दुई अर्ब पुग्ने अनुमान गरिएको छ।

‘ज्येष्ठ नागरिकको औसत आयु बढ्नु सकारात्मक छ तर ज्येष्ठ नागरिकका समस्या भने दिनप्रतिदिन विश्वव्यापी रूपमा थपिँदै जानु भने चुनौती बनेको छ,’ आयोगले आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा परिवारका सदस्य वैदेशिक रोजगारीमा जाँदा ज्येष्ठ नागरिकहरू एक्लो हुँदै जानु, एकल परिवार र प्रविधिका कारण अन्तर पुस्ताबीच टाढा हुँदै जानु, ज्येष्ठ नागरिकहरूमाथि दुव्र्यवहारका घटना बढ्दै जानु’लाई समस्या र चुनौतीका रूपमा लिइएको छ।

घर, परिवार, समाज र राज्यबाट नै ज्येष्ठ नागरिकहरूप्रतिको सम्मान र सरक्षण नहुनु, ललाईफकाई सम्पत्ति आफनो नाममा बनाउने पनि प्रचलन छ।

उचित लालनपालन र स्याहार सुसार नगरी बृद्धाश्रमसम्म लैजाने गरेका घटना दिनप्रतिदिन बढ्दो क्रममा छन्।

 नेपाल सरकारले प्रदान गर्दै आइरहेका सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा, स्वास्थ्य उपचारमा छुट सुविधा, यातायातमा छुट सुविधा, आरक्षण सिटको व्यवस्था, सेवाको प्राथमिकतामा कार्यान्वयन अभाव जस्ता कुराले ज्येष्ठ नागरिकको अधिकारमाथि चुनौती खडा भएको छ।

प्रकाशित: १५ आश्विन २०८० ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App