१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दीक्षित स्मारक कोषद्वारा विद्यार्थी पुरस्कृत

काठमाडौं- चिकित्साशास्त्रमा विशिष्ट स्थान हासिल गर्ने दुई विद्यार्थी स्वर्ण पदकबाट पुरस्कृत भएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गत नाक, कान तथा घाँटी विषयको स्नातकोत्तर तह, २०७४ मा प्रथम स्थान हासिल गरेका विज्ञानराज ज्ञवालीलाई स्वर्ण पदक प्रदान गरिएको हो । यसैगरी नाक, कान तथा घाँटी विभागअन्तर्गत स्नातक तहमा स्पिच तथा हियरिङ विषयमा प्रथम स्थान हासिल गरेका सुशील गैरेलाई स्वर्ण पदक प्रदान गरियो । उनीहरूलाई  नगद पुरस्कार पनि प्रदान गरियो ।
स्वर्गीय डा. कल्याणमणि आचार्य दीक्षित स्मारक कोषले २८औं वार्षिक समारोहमा उनीहरूलाई पुरस्कृत गरेको हो ।
सोही अवसरमा कोषले पाँँचजना श्रवण शक्ति नभएका छात्रछात्रा युना नेगी, लक्की चौधरी, रीया न्यौपाने , विपना गुरुङ र सुजन कार्कीलाई जनही ३ हजार रुपैयाँ छात्रावृत्तिस्वरुप प्रदान ग¥यो ।
कोषले असहाय÷गरिब तथा सुस्त श्रवण शक्ति भएका राममूर्ति चौधरी र प्रकाश बुढाथोकीलाई श्रवण यन्त्र प्रदान गरेको छ । त्यसैगरी धवलागिरी बहिरा आवासीय विद्यालय बाग्लुङका केवी रानामगर र बहिरा बालक स्कुल, भैरहवाकी शिक्षिका दिलमाया थापालाई पनि दोसल्ला ओढाई सम्मान गरियो । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. मदनप्रसाद उपाध्यायले वितरण गरेका थिए ।
कार्यक्रममा उपाध्यायले कोषको योगदानको प्रशंसा गर्नुभयो । ‘बहिरा शिक्षा तथा संरक्षणमा योगदान पु¥याउन दुर्गम ठाउँबाट समेत विद्यार्थी खोजेर छात्रवृत्ति दिनु सराहनीय कार्य हो’, उनले भने ।
कार्यक्रमका अतिथि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. जगदीशचन्द्र अग्रवालले शिक्षण अस्पतालको नाक कान तथा घाँटी विभाग दक्षिण एसियाकै उत्कृष्ट भएको बताए ।
स्वर्गीय डा. आचार्यको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको सहायक डिन रहेकै बेला सिंगापुर भ्रमणका क्रममा सडक दुर्घटनामा परी निधन भएको थियो । उनकै स्मृतिमा पत्नी करुणा दीक्षितले कोष स्थापना गरेकी हुन् । कोषको कार्यक्रम त्रिवि टिचिङ अस्पतालले नै सञ्चालन गर्दै आएको छ । कोषको अक्षय कोष १३ लाख रुपैयाँको छ ।

 

 

 

प्रकाशित: २८ आश्विन २०७४ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App