२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मणिपालको विवादमा मुछिएका चिकित्सक छुटे, मृतकका आफन्त अझै नियन्त्रणमा

मणिपाल शिक्षण अस्पतालमा सोमबार भएको झडपमा संलग्न भएको आरोपमा पक्राउ परेका चिकित्सक डा.दीनेशकुमार विकलाई प्रहरीले छाडेको छ।

अस्पतालमा भएको झडपपछि चिकित्सको पक्षमा नारावाजीमा उत्रिएका डा.यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर प्रहरीले उनलाई मंगलबार विहान छाडेको हो। डा.यादवलाई मंगलबार विहान ९ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मीनबहादुर गुरुङको रोहवर र डा. गिरधारी शर्माको जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए। 

चिकित्सकलाई छाडेपनि प्रहरीले मृतकका आफन्तलाई भने नियन्त्रणमै राखेको छ। लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षिया सुकमाया दुराको चिकित्सकको लापरवाहिले मुत्यु भएको भन्दै हातपातमा उत्रिएको आरोपमा पक्राउ परेका मृतक पक्षका पोखरा महानगरपालिका– ५ मालेपाटनका विनय गुरुङलाई प्रहरीले नियन्त्रणमा अनुसन्धान अगाडि बढाएको हो। उनीमाथि चिकित्सकमाथि हातपात गरेको आरोप छ। 

यसैबीच, चिकित्सकलाई मात्रै छाडेको भन्दै मृतकका आफन्तले मंगलबार पनि अस्पतालमा धर्ना जारी राखेका छन्। चिकित्सकको लापरवाहीले विरामी दुराको मृत्यु भएको भन्दै उत्पन्न विवादका क्रममा भएको घटनामा संलग्न दुबैलाई समान रुपमा व्यवहार नगरेकाले धर्नामा बस्नु परेको आफन्तले बताएका छन्। 

यसैबीच, अस्पताल प्रशासन, र मृतक परिवारबीच वार्ताको तयारी भएको छ। उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको उपस्थितिमा अस्पताल प्रशासन, चिकित्सक र मृतकका परिवारबीच वार्ताको तयारी भएको मणिपाल शिक्षण अस्पतालका जनसम्पर्क अधिकारी कृष्णमोहन श्रेष्ठले जानकारी दिए।

स्वासप्रश्वास तथा ढाड दुख्ने सम्बन्धी समस्या लिएर मणिपाल शिक्षण अस्पताल पुगेकी लमजुङकी दुराको सोमबार दिउँसो मुत्यु भएको थियो। मृत्युपछि आफन्तले चिकित्सकको लापरवाहिले विरामी दुराको मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए। सो क्रममा चिकित्सक र मृतकका आफन्तबीच झडपको स्थिति उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुबै पक्षकालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो।

प्रकाशित: ९ आश्विन २०८० ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App