४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सन् २०१९ को डिभी आवेदन खुला

असोज १७ – अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन मंगलबार बेलुका ९ः४५ बजेदेखि खुला गरिएको छ । एक महिनाको डिभी आवेदन आगामी कात्र्तिक २१ सम्म भर्न सकिनेछ । 
काठमाडौंस्थित अमेरिकी दूताबासले भनेको छ, ‘सन् २०१९ को लागि डिभी आवेदन मंगलबार बेलुका ९ः४५ देखि खुला गरिएको छ ।’ गत वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग गरेमा सो आवेदन रद्द हुनेछ ।’
डिभी चिट्ठामा प्रवेश गर्न शुल्क तिर्नु नपर्ने अमेरिकी दूताबासले जनाएको छ। त्यस्तै दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ । अघिल्लो वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग नगर्न भनिएको छ । प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।
सन् २०१९ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन विद्युतीय रूपमा दर्ता अवधिभित्र पेश गर्नुपर्नेछ। आवेदकहरूले दर्ता अवधिको बेलामा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डिभी) आवेदन फारम भर्न सक्नेछन्। दर्ता गर्दा आफ्ना पतिरपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य हुनेछ। एक व्यक्तिले एउटा आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।
दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नु पर्नेछ। यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो। आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि सेयर नगर्न अमेरिकी दूताबासले आग्रह गरेको छ।
आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ। तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेलमार्फत् सूचित गरिने छैन। तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन २०१८ मे १ वा त्यसपछि www.dvlottery.state.gov  मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हुनेछ। कन्फरमेसन नम्बर कसैलाई नदिई सुरक्षित राख्न दूतावासले आग्रह गरेको छ। २०१९ को डिभी नजितजा आगामी वैशाख १८ गते आउने दूतावासले जनाएको छ।

प्रकाशित: १७ आश्विन २०७४ १६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App