२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुमा नियम उलंघन गर्ने १० हजार ७३३ सवारीलाई कारबाही गर्दा उठयो १ करोड ३३ लाख राजस्वमा

कपिलवस्तुमा ट्राफिक नियम उल्लघंन गर्ने १० हजार ७३६ सवारी साधनलाई कारबाही गरिएको छ । गत आर्थिक वर्ष २०८२/०८३  मा ट्राफिक नियम पालना नगर्ने त्यति संख्या सवारीलाई ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो । सवारी कार्याबाहीबाट १ करोड ३३ लाख ८४ हजार राजस्व संकलन भएको ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक राजन ढकालले बताए ।  

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा भने १३ हजार ३७५ सवारी कारबाहीबाट १ करोड ३७ लाख २१ हजार राजस्व उठेको थियो । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष कारबाही संख्या कम भएको थियो । ट्रक र ट्याङकर गरी ६ हजार ४४२ कारबाही गरी ९० लाख ३ हजार राजस्व उठेको थियो ।

बस र मिनि बस गरी ७ सय ७९ कारबाही गरी ४ लाख ३७ हजार ५ सय, कार जिप र भ्यान गरी १ हजार ९ सयलाई कारबाही गरी २२ लाख ४० हजार उठेको थियो । १ सय २१ ट्याक्टरलाई कारबाही गरी १ लाख ४ हजार ५ सय,  १ हजार ६४५ मोटरसाईकललाई कारबाही गरी १३ लाख ९८ हजार टे्रम्पो र अन्य गरी २ सय ४९ लाई कारबाही गरी २ लाख १ हजार राजस्व उठेको थियो ।  

‘ट्राफिक नियम पालना नगर्दा नै अधिकांस सवारी दुर्घटना भएका छन ’ ढकालले भने । सवारी नियम, दुर्घटनाको कारण र सडकको अवस्था अनुसार चलाउन ट्राफिक प्रहरीले पटक पटक सचेतना कार्यक्रम संचालन गदै आएको छ । तर पनि पनि चालक र सहचालकको लापरबाहीका कारण दुर्घटना भएर अकालमा ज्यान गुमाउनेदेखि घाईते र अंगभंग हुनेसम्मका समस्या आईपर्ने गरेको उनले बताए ।  

उनले सवारी सधानको संख्या बढदै गए पनि सडकको बिस्तार नगरिदा पनि दुर्घटना भएको बताए । सवारी सधानको संख्यामा बृद्धि भएपछि वर्षेनी दुर्घटना हुने क्रम पनि बढेको उनी बताउछन । दुर्घटनाको मुख्य कारण भने ट्राफिक नियम पालना नगर्नु, विना सवारी अनुमतिपत्र (लाईसेन्स) सवारी चलाउनु, सहचालकलाई सवारी चलाउन दिनु तथा सडकको दुरावस्था पनि उत्तिकै जिम्मेबार रहेको प्रहरी निरीक्षक ढकालले बताए ।  

यस्तै गत आर्थिक वर्ष मदिरा सेवन गरी गाडी चलाएका ४ सय ६२ जनालाई कारबाही गरिएको थियो । यस्तै लागु पदार्थ सेवन गरेका १५ जना चाकल र एक जना सह चालकलाई आवश्यक कारबाहीकालागि जिल्ला प्रहरी कार्यालय पठाइएको थियो ।  

भारवाहन क्षमता भन्दा बढी वजन ढुवानी गरेको १ हजार ८६९ मालबाहक सवारी साधनलाई आवश्यक कारबाहीकालागि यातायात कार्यालय पठाइएको थियो।  

जसबाट १ करोड ८६ लाख ९० हजार राजस्व संकलन भएको थियो । गत आर्थिक वर्ष बिद्याार्थी, चालक ब्यवसायी, सर्वसाधारण, यात्रु गरी १ हजार ३३५ वटा जना चेतनामुलक कार्यक्रम संचालन गरिएको थियो । जसबाट ६८ हजार ३९७ जना लाभान्वित भएका थिए । 

प्रकाशित: २ श्रावण २०८३ १७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App