२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

शिक्षक आन्दोलनले अस्तव्यस्त काठमाडौँ

नागरिक

शिक्षकहरूको आन्दोलनका कारण काठमाडौँ अस्तव्यस्त बनेको छ। देशभरबाट जम्मा भएका हजारौं शिक्षकहरूको आन्दोलनका कारण उपत्यकामा गुड्ने सवारीसाधनले प्रायः सबै बाटो र गल्लीहरू अस्तव्यस्त बनेका छन्।

शिक्षकहरूको आन्दोलनका कारण दैनिक कामकाजमा हिँड्ने सर्वसाधारणदेखि पैदलयात्रु समेतलाई समस्या भइरहेको छ। १० देखि २० मिनेट लाग्ने दुरी पार गर्न ४५ मिनटदेखि एक घन्टासम्मको समय लाग्न थालेपछि सर्वसाधारण समस्या भोग्न बाध्य भइरहेका छन्।

यसैबीच, काठमाडौँ महानगर ट्राफिक प्रहरीले सवारीसाधनको चापलाई ध्यानमा राखी विभिन्न रुटको सवारीसाधनलाई डाइभर्सन गरेको जानकारी दिएकाे छ। महानगर ट्राफिक प्रहरीका अनुसार माईतीघर–नयाबानेश्वरमा सञ्चालन हुने सवारी साधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरिएको छ। माईतीघरबाट बानेश्वर स्थित बेकरी क्याफेसम्मको लागि र्याली भइरहेका कारण सवारी साधनलाई डाइभर्सन गरिएको हो।  

डाइभर्सनका कारण तीनकुने, कालीमाटी, बल्खुबाट ठुला सवारी साधनलाई र साना सवारी साधनलाई भने नयाँबानेश्वर, थापाथली, हनुमानस्थान बबरमहल, बिजुलीबजार लगायतका चोकहरूबाट डाइभर्सन गरिएको छ।  

नयाँ बानेश्वरसम्मको लागि भइरहेको र्यालीका कारण सवारी साधन डाइभर्सन गरिँदा भद्रकाली, त्रिपुरेश्वर, रणोद्दिप चोक, थापागाउँ, अनामनगर, कालिकास्थान, सिंहदरबार, पुतलीसडक, शान्तीनगर, तीनकुने गैह्रिगाउँ, नयाँ बानेश्वर पानीट्याङकी, कुपण्डोल, सोह्रखुट्टे, जयनेपाल, कृष्ण पाउरोटी लगायतका चोकमा सवारी साधन चापमा चलिरहेका छन्। सहज यात्राका लागि पैदलयात्री तथा सवारी चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्नुहुन ट्राफिक प्रहरीले अनुरोध छ।

रुट डाइभर्सनका कारण जाम नहुने बाटोमा पनि अत्यधिक जाम हुन थालेपछि उपत्यकामा यात्रा गर्ने यात्रुहरू समस्यामा छन्।

प्रकाशित: ४ आश्विन २०८० ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App