२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बेवारिसे पेस्तोल बरामद

सर्लाही प्रहरीले गोली लोड भएको अवस्थामा बेवारिसे पेस्तोल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय केशरगन्जको प्रहरी टोलीले बेवारिसे अवस्थामा सडकमा छाडिएको एक थान पेस्तोल बरामद गरेको हो।

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलबास बजारको सडकबाट प्रहरीले पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सडकमा बेवारिसे अवस्थामा पेस्तोल देखिएपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोलीले पेस्तोललाई नियन्त्रणमा लिएको छ। पेस्तोलमा गोली लोड भएको अवस्थामा रहेको प्रहरीको भनाइ छ।

कुनै आपराधिक घटना बजारमै घटाउनको लागि अपराधीले पेस्तोल निकालेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

बेवारिसे अवस्थामा भेटिएको गोली लोडेड पेस्तोललाई कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिएका छन्।  

प्रकाशित: २ आश्विन २०८० १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App