१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

तिजको अवसरमा माओवादीले केन्द्रले बाड्यो बिरामीलाई फलफूल

नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिरामीलाई नेकपा माओवादी केन्द्रले फलफूल वितरण गरेको छ।

माओवादी केन्द्र चन्दननाथ नगरपालिका-२ ले आफ्नो तीन महिने रूपान्तरण अभियान अन्तर्गत कर्णाली प्रतिष्ठानका ईमरजन्सी सहित विभिन्न वार्डमा भर्ना भएका १ सय ५ बढी बिरामीलाई केरा, फ्रुटि र स्याउ सहितका फलफूल वितरण गरेको हो।

चाडपर्वमा फजुल खर्च गर्नु भन्दा बिरामीलाई फलफूल वितरण गर्नु उचित हुने हुँदा बिरामीलाई तिजको शुभकामनासँगै फलफूल वितरण गरिएको माओवादी केन्द्रले जनाएको छ।

नेकपा माओवादी केन्द्र चन्दननाथ नगरपालिका-२ का पार्टी इन्चार्ज सुरेश भण्डारीले अस्पतालका बिरामीसँगै कर्णाली मावि अनामनगरका सुन्ने शक्तीकम भएका बालबालीकाहरुलाई पनि फलफूल वितरण गरिएको बताए।

प्रकाशित: १ आश्विन २०८० १६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App