२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

अवैध रुपमा ल्याइएको दुई हजार किलो माछा नष्ट

चितवनमा अवैध रुपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ। पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको सयुंक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो।

पशु क्वोन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिशिर गौतमले नष्ट गरिएको माछा भारतबाट अबैध रुपमा भित्रिएको हुन सक्ने बताए।

‘बिलमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुरको भेटेनेरीबाट आएको भन्ने छ। त्यहाँ उल्लेख गरेँ अनुसार त्यो प्रजातीको माछा भेटेनेरीमा पालिएको छैन, उनले भने ‘भारतबाट अवैध रुपमा भित्रिएको हुन सक्छ।’  बिलमा लेखेको भेटेनेरीमा बिग्रेड कार्प र रुपचन जातको माछा पालिएको छ। यहाँ रघु र बैशी जातको माछा आएको उनले बताए। माछा व्यवसायीले समेत नवलपरासीको भेटेनेरीमा गएर बुझ्दा रघु र बैशी जातको माछा नभएको  भेटिएको उनले बताए।

लु ३ च १७९४ नम्बर टाटा योद्धा गाडि मार्फत आइसमा राखेको माछा काठमाण्डौँ तर्फ लैजान लागिएको थियो। चेकजाँचको क्रममा प्रहरीको सहयोगमा पक्राउ गरिएको गौतमले जानकारी दिए। सो माछा खान नमिल्ने अवस्थामा समेत रहेको उनले बताए। ‘भौतिक रुपमा हेर्दा माछामा गन्ध आएको छ, उनले भने ‘अबैध र गन्ध आएपछि नष्ट गरेका हौँ।’ अहिलेसम्म व्यवसायी सम्पर्कमा नआएको उनले बताए। नष्ट गरेको माछालाई तीन लाख २० हजार रुपैयाँसम्म पर्ने उनले बताए। तर, बिलमा १ लाख ६० हजार रुपैयाँ मात्र लेखिएको छ।

बरामद माछा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को नियम २ (ख) अनुसार नियम अनुसार विधि अपनाई सतनचुली सामुदायिक वन परिसरमा सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।  

प्रकाशित: ३१ भाद्र २०८० १४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App