१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भौतिक पूर्वाधार मन्त्रालयका दर्जनौ प्राविधिक कर्मचारीको सरुवा

भौतिक पूर्वाधार मन्त्रालयले  ७० जना सुइ (सुपरिटेण्डेण्ट इञ्जिनियर), सिडिइ (सिनियएर डिभिजन इञ्जिनियर),डिइ (डिभिजन इञ्जिनियर)को सरुवा गरेको छ। जसमध्ये उपमहानिर्देशक सहित नौ जना सुइको सरुवा गरिएको छ। 

मन्त्रालयका अनुसार  अनुसार, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराबाट ललिजन खनाललाई सडक विभागको पुल महाशाखामा सरुवा गरिएका छन्। उनी विभागको उपमहानिर्देशक पनि हुनेछन्। खनालको ठाउमा हुलाकी राजमार्ग आयोजनाका प्रमुख शुभराज न्यौपानेलाई लगिएको छ। विभागका उपमहानिर्देशक तथा पुल महाशखा  प्रमुख नरेशमान शाक्यलाई सडक विभाग अन्तरगतकै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा गरिएको छ। सडक विभाग अन्तर्गतको  गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशकको रुपमा कार्यरत अजयकुमार मुललाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा सरुवा गरिएको छ। यसैगरी मन्त्रालयले गरेको सरुवामा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरीका प्रमुख प्रेमप्रकाश खत्रीलाई सडक विभाग अन्तर्गत उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको प्रमुख पदमा सरुवा गरिएको छ।

बलात्कारको आरोपमा जेल सजाय भोगीरहेका मध्यपाहडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख हरिकुमार पोखरेललाई मध्यपाहाडी लोकमार्गबाट सरुवा गरिएको छ। उनका ठाउँमा जलमार्ग आयोजनका प्रमुख कुबेर नेपालीलाई लगिएको छ।

यसैगरी काठमाडौं सडक डिभिजनमा नारायणदत्त भण्डारीलाई लगिएको छ भने काठमाडौ सडक डिभिजनमा कार्यरत नायायण निहुरेलाई सडक विभाग पठाइएको छ। यसैगरी नुवाकोट सडक डिभिजनमा सुवोध देवकोटालाई लगिएको छ भने त्यहाँ कार्यरत अमृतमणि रिमाललाई विभाग पठाइएको छ। तनहु सडक डिभिजन प्रमुख पदमा कार्यरत लक्ष्मी केसीलाई विभागमा लगिएको छ भने तनहुँ सडकमा पशुपति ज्ञवालीलाई पठाइएको छ। सडक डिभिजन भक्तपुरमा कार्यरत नेत्र देवकोटालाई सडक डिभिजन रोल्पाको प्रमुख पदमा सरुवा गरिएको छ। सडक डिभिजन डोटीमा दिपक झालाई सडक विभाग पुलमा पठाइएको छ।

यसैगरी सहरी विकास मन्त्रालयले गत शुक्रबार ७ जना इञ्जिनियरको विभिन्न आयोजनाहरुमा गरेको छ। सघन सहरी तथा भवन निर्माण आयोनजा रामेछापमा रमिता श्रेष्ठलाई लगिएको छ। नयाँ सहरी गल्छी धादिङम कार्यरत सुमन मिश्रलाई सघन सहरी तथा भवन निर्माण आयोजना धनुकटामा लगिएको छ भने धनुकटमा कार्यरत रञ्जन दासलाई सघन सहरी तथा भवन निर्माण आयोजना पर्सामा लगिएको छ। भवन विभागमा कार्यरत सुदिप पौडललाई सघन सहरी तथा भवन निर्माण आयोजना झापामा लगिएको छ। सघन सहरी तथा भवन निर्माण आयाोजना ओखलढुगाँमा कार्यरत युवराज पौडेललाई भवन विभागमा लगिएको छ भने रामेछाप आयोजनामा कार्यरत प्रभाकर लाल कर्णलाई ओखलढुँगा लगिएको छ।

यसैगरी अर्थ मन्त्रालयले ५५जना उपसचिव सरहका कर अधिकृतको सरुवा गरेको छ। मन्त्रालय स्रोतका अनुसार आन्तरिक राजस्व कार्यालय, ठूला करदाता कार्यालय, साना कर दाता कार्यालयका कार्यालय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको छ।  

प्रकाशित: २८ भाद्र २०८० ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App