१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सरकारी अस्पतालमा एन्टिरेबिज भ्याक्सिन अभाव, बिरामी समस्यामा

रौतहटको चन्द्रनिगाहपुरमा रहेको सरकारी अस्पतालमा कुकुरले टोकेपछि लगाइने खोपको अभाव भएको छ।

दैनिक पाँचदेखि दश जनासम्म कुकुरले टोकेको बिरामी पुग्ने गरेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव भएको हो।

सरकारी अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव भएपछि कुकुरले टोकेका बिरामीहरु उपचार नपाई फर्किने गरेका छन्। सरकारी अस्पतालमा उपचार नपाएपछि अधिकांश बिरामी निराश हुने गरेका छन्।

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा कुकुरले टोकेपछि उपचार भरपर्दो हुने गरेको थियो। बिरामीको विश्वास आर्जन गरेको चन्द्रनिगाहपुरमा उपचार नपाएपछि निराश भएर फर्किने गरेका बिरामीहरु कतिपय निजी अस्पतालमा पुग्ने गरेका छन् भने कतिपय बाहिरी जिल्लामा उपचारका लागि पुग्न बाध्य छन्।

रौतहटका सरकारी स्वास्थ्य संस्थामा जनकपुर, वीरगन्ज लगायतका सरकारी अस्पतालबाट एन्टीरेबिज भ्याक्सिन ल्याइने गरेकोमा ती स्थानमा समेत भ्याक्सिन अभाव भएको कारण पाउन नसकिएको चन्द्रनिगाहपुर अस्पतालका डा. अभिनन्दन श्रीवास्तवले बताए।

जनकपुरस्थित प्रादेशिक अस्पतालमा एक हप्तादेखि एन्टीरेविज भ्याक्सिनको अभाव रहेको बुझिएको छ। प्रादेशिक अस्पतालमा दैनिक कुकुर, स्याल, बिरालो, बाँदरले टोकेका बिरामी पुग्ने गरेका छन् तर पर्याप्त औषधि छैन।

चन्द्रनिगाहपुरमा करिब दुई महिनादेखि एन्टिरेबिज भ्याक्सिनको अभाव भएपछि बिरामीहरुलाई निकै मर्का परेका छन्।

प्रकाशित: २५ भाद्र २०८० १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App