८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

के तपाईलाई थाहा छ ?

यस्ता छन सवारी दुर्घटनाका ३ कानुनी व्यवस्था

नेपालमा सवारी दुर्घटनाको अवस्था डरलाग्दो छ। सवारी दुर्घटनाबाट दैनिक धेरै जनाको मृत्यु भइरहेको छ। सवारी साधनले पैदलयात्रुलाई ठक्कर दिएर होस वा सवारी साधन एक आपसमा ठोक्किएर दैनिक रुपमामानिसको मृत्यु हुने गरेको छ। सवारी दुर्घटनामा सबैभन्दा बढी सिकार पैदलयात्रु हुने गरेका छन्।

चालकको लापरबाही, सवारीको तीब्र गति, मादकपदार्थको सेवन, सवारीको यान्त्रिक गडबडीलगायतले सवारी दुर्घटना हुने गरेको पाइन्छ। दुर्घटनाको प्रतिशत घट्नुको सट्टा हरेक  वर्ष बढ्दै गएको छ।

त्यस्तै सडक अनुशासनको अवहेलना, दक्ष र अनुभवी चालकको कमी, मापदण्डविपरीत बनेका सडक संरचना, सवारी साधन प्रयोगकर्तामा सवारी नियमको ज्ञानको अभावलगायतका कारणले पनि सवारी दुर्घटना हुने गरेको पाइन्छ।

सवारी दुर्घटना दिनप्रतिदिन वृद्धि हुँदै गएपनि यसलाई न्यूनीकरण गर्ने प्रयासभने निकै कमजोर देखिएको छ। यसैमा सवारी दुर्घटनासम्बन्धी विद्मध्यमान नियम, कानुनबारे सर्वसाधारण जति जानकारी हुनुपर्ने हो त्यो पनि छैन्। यसले गर्दा सवारी चालक सवारी दुर्घटनाको परिणामबारे बेखबरसम्म रहन सक्छन्।

दुर्घटना भइहाल्यो भने पहिलो प्राथमिकता स्वास्थ्य उपचारनै हो। यसको साथ साथै पीडितले पीडकबाट के–कस्तो क्षतिपूर्ति पाउने? पिडितलाई के सजाय हुनेलगायतका धेरै कानुनी प्रावधानहरुबारे आमनागरिक पनि अनभिज्ञ रहेको अवस्था छ।

सवारी दुर्घटना भई कसैको ज्यान गएमा दुर्घटना गराउने सवारी चालकलाई जन्मकैद सम्म हुन सक्छ। सवारीले दुर्घटना गराई, सवारिमा रहेका, वा, बाहिर जुनसुकै ठाउँमा रहेको व्यक्ति, सो दुर्घटनाको कारण तत्कालै वा २१ दिनभित्रमर्न गएमा, त्यस्तो सवारी चालकलाई नेपालमा– सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम सजाएहुन सक्छ। सवारी तथा यातायातको क्षेत्रमा यो मुल कानुन हो।

यस ऐन अनुसार दुर्घटनाको प्रकृति हरेर मुख्यतः ३ वटा आधारमा सजायको व्यवस्था गरिएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (१) अनुसार जानिजानि वा मनसायपुर्वक ज्यान मारेमाजन्म कैद हुन्छ। दफा १६१ (२) अनुसार लापरबाहीपुर्वक सवारी चलाई ज्यानमारेमा ३ देखि १० वर्षसम्म कैद हुन्छ भने दफा १६१ (३) अनुसार कसैको मृत्यु हुन सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा सवारी दुर्घटना भई ज्यानमारेमा १ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।

यसका अलावा, सवारी चालकबाट पिडितलाई उचितक्षतिपुर्ति भराई त्यस्ता सवारी चालकलाई जरिवाना समेत हुन सक्छ।

यस सम्बन्धी भिडियाे‌ :

प्रकाशित: २१ भाद्र २०८० १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App