२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राधाकृष्ण रथयात्राको दिन कोशी प्रदेशमा बिदा

कृष्ण अष्टमीको भोलिपल्ट आयोजना हुने राधाकृष्ण रथयात्रा पर्वका अवसरमा कोशी प्रदेशमा भदौ २१ गते सार्वजनिक बिदा दिइएको छ। कोशी प्रदेश सरकारले भदौ २१ गते राधाकृष्ण रथ यात्रा पर्व मनाउन कोशी प्रदेशमा सार्वजनिक बिदा दिएको हो।

विराटनगरमा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्णको युगलजोडीको रथ यात्रा निकालिने गरिएको छ। रथ यात्रामा सहभागि हुन नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजनहरू विराटनगर आउने गरेका छन्। यो वर्षको रथ यात्रामा आयोजक समितिले नेपालका ५ वटा महानगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूलाई रथ यात्रामा सहभागि हुन निम्ता पठाएको छ। यस्तै उपमहानगरपालिका तथा विभिन्न  नगरपालिकाका प्रमुखलहरूलाई पनि रथ यात्रामा सहभागि हुन निम्ता पठाएको छ। विभिन्न स्थानिय तहका प्रमुखहरू रथ यात्रामा सहभागि हुन विराटनगर आउनेक्रम पनि सुरू भइसकेको छ।

बुधबार साँझसम्ममा विराटनगर महानगरपालिकाका, भिमदत्त नगरपालिका कञ्चनपुर, अमरगढी नगरपालिका दडेलधुरा, हेटौंडा उपमहानगरपालिकाका प्रमुखहरू विराटनगर आइसकेको विराटनगर महानगरपालिकाका प्रेस संयोजक मिनकुमार नवोदितले बताए। यस्तै ललितपुर महानगरपालिका, पोखरा महानगरपालिकाका प्रमुखहरू बुधबार  वेलुकासम्म विराटनगर आइपुग्ने र देशभरका अन्य विभिन्न स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरू पनि बाटोमा आउनेक्रममा रहेको नवोदितले जानकारी दिए।

स्थानीय तहका  धेरै भन्दा धेरै प्रमुख र उपप्रमुखहरूलाई विराटनगरको रथ यात्रामा सहभागि गराउन महानगरपालिका लागिपरेको नवोदितले बताए। विराटनगरमा निकालिने रथ यात्रा भदौ २१ गते दिउँसो ३ बजे विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु भई विराटनगर महानगरपालिकाका विभिन्न भागको परिक्रमा पछि राधाकृष्ण मन्दिरमा आएर समापन हुनेछ। यसैवीच जिल्ला प्रहरी कार्यालय मोरङले सूचना प्रकाशित गरी रथयात्रामा सहभागि हुन आउँदा बहुमुल्य गरगहना नलगाउन, धेरै नगद, बहुमुल्य बस्तुहरू साथमा नल्याउन, रथ यात्राको रुटमा सवारीसाधन पार्किङ नगर्न, सिसी टिभिको निगरानी भएको पार्किङ स्थलमामात्रै सवारीसाधन पार्किङ गर्न आग्रह गरेको छ। यस्तै एकै पटक घरका सबै सदस्य सथ यात्रामा सहभागि नभई आलोपालो सहभागि हुन, बालबालिकालाई सथ यात्रामा नल्याउन, जेष्ठ नागरिकहरूलाई सहयोगि लिएर मात्रै रथ यात्रामा सहभागि हुन जिल्ला प्रहरी कार्यालय मोरङले आग्रह गरेको छ।  

प्रकाशित: २० भाद्र २०८० १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App