२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वसुन्धरामा भ्यानको ठक्करबाट मृत्यु

काठमाडौंको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१-०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३-०२-००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा संखुवासभा मकालु गाउँपालिका-१ का  शेर्पाको आज बिहान मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन्। उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता भट्टले बताए।

भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भ्यानका चालक बारा घर भई काठमाडौंको माछापोखरी बस्ने २५ वर्षीय जीतेन्द्र माझीको साथमा कागजपत्र नभएको र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको प्रहरीले जनाएको छ।  

प्रकाशित: १८ भाद्र २०८० ०४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App