१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बराहक्षेत्र नगरपालिकाले सप्तकोशी क्याम्पसलाई बस दिने

बराहक्षेत्र नगरपालिकाले सप्तकोशी बहुमुखी क्याम्पसलाई कलेज बस उपलब्ध गराउने भएको छ।

नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेटमा क्याम्पसलाई एउटा बस उपलब्ध गराउन बजेट बिनियोजन गरि अब बस खरीद गर्ने पक्रिया अगाडि बढाएको जानकारी दिइयो।

क्याम्पसले अहिले एउटा वस भाडामा लिएर विद्यार्थीलाई सेवा दिइ रहेको छ। अब नगरपालिकाको बजेटबाट खरीद गर्दा दुईवटा हुँदा विद्यार्थीलाई ल्याउन र लान सहज हुने क्याम्पस प्रशासनले जनाएको छ।

बस खरिदका लागि प्रत्येक वडाहरुबाट दुई–दुई लाख गरेर २२ लाख र नगरपालिकाबाट १२ लाख रकम विनियोजन गरिएको नगर प्रमुख रमेश कार्कीले बताए। सप्तकोशी क्याम्पसमा आसपासका मधुवन, प्रकाशपुर, भरौल र  चतराका विद्यार्थी अध्ययन गर्न आउने गरेका छन्। सप्तकोशी क्याम्पसमा स्नातक तहसम्मकाो पढाई हुने गरेको छ। यहाँ क्याम्पस नहुँदा यहाँका विद्यार्थी धरान, इटहरी र इनरुवा जानुपर्ने बाध्यता थियो।

नगरपालिकाले सप्तकोशी बहुमुखी क्याम्पसमा प्राविधिक विषयसहित स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ।  

प्रकाशित: १७ भाद्र २०८० १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App