१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

छोरीको बाबु बने बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह छोरीको बुवा बनेका छन्।

करिब एक साता अघि मेयर शाहकी पत्नी सबिना काफ्लेले नेपाल मेडिसिटी अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन्। छोरीको अवस्था सामान्य नभएपछि उनलाई अस्पतालकै एनआईसीयुमा राखेर उपचार भइरहेको छ।

अस्पतालका एक जना चिकित्सकका अनुसार मेयर पत्नी सबिनाले एक छोरीलाई जन्म दिएको र हाल शिशुको अवस्था पनि सामान्य छ।

सुत्केरी भएको एक साता पछि शाह पत्नी काफ्लेलाई डिस्चार्ज गरिएपनि बच्चा भने अस्पतालमै रहेको ती चिकित्सकले जानकारी दिए। ३२ साताको बच्चा रहेको र तौल पनि कम भएको हुँदा बच्चालाई हाल एनआईसीयुमा राखेर उपचार भइरहेको र हाल बच्चाको अवस्था स्थिर रहेको उनको भनाइ छ।

प्रकाशित: १७ भाद्र २०८० ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App