१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

तीजलाई तडकभडक र खर्चिलो नबनाउन प्रशासनको आग्रह

विशेष कार्यक्रमको नाममा तडकभडक र खर्चिलो तरिकाले तीजको कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सूचना निकाल्दै खर्चिलो तथा भड्किलो तरिकाले तीज विशेष कार्यक्रम नगर्न जिल्लावासीहरूमा अनुरोध गरेका हुन्।

यस्ता कार्यक्रमले विभिन्न विकृति विसङ्गति र सामाजिक अपराधलाई प्रोत्साहन दिएको भन्दै सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला–महोत्सव नगर्न पनि निर्देशन दिइएको छ।

सामाजिक अनुशासन कायम गर्न राजनीति दल, नागरिक समाज, पेशागत संघ नागरिक समाज संचारकर्मी, महिला संजाल लगायतका संस्थाहरुलाई सहयोग गर्न अनुरोध समेत गरिएको छ।

पछिल्ला वर्ष तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला तथा भड्किला कार्यक्रम गर्ने परिपाटी मौलाउँदै गएको छ। त्यसले विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको भन्दै प्रशासनले जिल्लावासीलाई सचेत बनाएको हो।

प्रशासन कार्यालयले सूचना विपरीत गरे–गराएमा सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली २०३३ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने/गरिने समेत जनाएको छ।

प्रकाशित: १६ भाद्र २०८० १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App