४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

विराटनगरबाट अवैध भण्डारण गरिएको मटर बरामद

भारतबाट चोरी तस्करी गरेर ल्याइएको मटर विराटनगरको मुख्य बजार क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गरेको छ।

उमाकान्त भगतले विराटनगर महानगरपालिका–९ स्थित ठाकुरबारी रोडमा सञ्चालन गरेको किराना पसलबाट सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानीको टोलीले बरामद गरेको जनाएको छ। खुला सीमाको फाइदा उठाउँदै चोरीको बाटो प्रयोग गरी ल्याइएको १२ सय ७५ केजी मटर बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

क्यारिङमार्फत चोरीको बाटो हुँदै मटर ल्याएर भगतले विराटनगरमा भण्डार गर्दै झापा, मोरङ र सुनसरीका बजारमा पठाउने गर्ने गरेको बताइएको छ। भगत थोक व्यापारी हुन्। उनले गोदाममा अवैध मटर राखेको सूचनाका आधारमा छापा हानेको र उक्त मटरको बजार मूल्य ५७ हजार ३ सय ७५ रुपैयाँ बरावरको रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको मटर विराटनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०८० १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App