१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

भेप मार्फत आएको नौ किलो सुन दाओजिन वाङकै हातमा !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाटै चोरी भएको  करिब नौ किलो तस्करीको सुन दाओजिन वाङकै हातमा पुगेको खुलेको छ। 

भन्सार कार्यालयका कर्मचारी र विचौलिया मार्फत गायब गरिएको नौ किलो मध्ये करिब ८ किलो सुन वाङकै हातमा पुगेको प्रहरी उच्च स्रोतले जनाएको छ। सो प्रकरणमा मुछिएका कृष्णबहादुर महरा र राहुल महरामाथि प्रहरीले अनुसन्धान शुरु गरिएको छ। वाङ भने नेपालबाट फरार भएका छन्।

प्रहरी स्रोतका अनुसार वाङ अहिले चीनमा रहेका छन्। गत पुस १० गते फ्लाई दुबईको उडानबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट (विद्युतीय चुरोट) मा राखेर ल्याएको तस्करीको करिब नौ किलो सुन चोरी हुँदा पनि वाङकै हातमा पुगेको त्यसमध्ये करिब २ किलो वाङले राखेको बाँकी ६ किलो सिन्धुपाल्चोकका दुई व्यक्तिलाई बेच्न दिएको प्रहरी उच्च स्रोतको दावी छ। यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘सिन्धुपाल्चोकका दुई व्यक्तिले सुन लगेको सुराक आएको छ, हामीले ती व्यक्ति र सिन्धुपाल्चोक प्रहरीको भूमिका बारे पनि अनुसन्धान गरिरहेका छौ’, प्रहरी उच्च स्रोतले भन्यो।  

हाल सो प्रकरणमा मुछिएका राहुल महरालाई नियन्त्राणमा लिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति वाङसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएरै अनुसन्धान प्रतिवेदनमा उनीहरुको कल चार्ट उल्लेख गरिएको थियो ।

प्रकाशित: १५ भाद्र २०८० ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App