२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

न्यायिक समितिमा समेत पति-पत्नीका मुद्दा बढी

फाइल तस्वीर।

अर्घाखाँचीमा सम्बन्धविच्छेदको तथ्यांक हेर्ने हो भने अवस्था विकराल देखिएको छ। जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरूमध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन्। आव २०७९/८० मा अदालतमा सम्बन्ध विच्छेदका दुई सय ७३ वटा मुद्दा दर्ता भएका छन्। अदालतमा दर्ता हुने मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका हुने गरेको तथ्यांकले देखाएको छ।  

यस्तै, स्थानीय तहमा रहेका न्यायिक समितिमा पर्ने उजुरीमा समेत पति-पत्नीबीचको झै-झगडा नै प्रमुख मुद्दा रहने गरेका छन्। अर्घाखाँचीका छ वटा स्थानीय तहमा गत आव २०७९/८० मा ७१ वटा उजुरी दर्ता भए। जसमध्ये अधिकांश मुद्दा दम्पतीका झै-झगडा, कलह, शंकासम्बन्धी रहेका छन्। अर्घाखाँचीका छवटा स्थानीय तहमा गएको दुई वर्षमा एक सय ४१ वटा मुद्दा दर्ता भएका छन्।

जिल्लाको मालारानी गाउँपालिकाको न्यायिक समितिमा गएको दुई आर्थिक वर्षमा २३ ओटा उजुरी परे। आव २०७८/७९ मा आठवटा तथा आव २०७९/८० मा १५ ओटा उजुरी परेका छन्। तीमध्ये सबैभन्दा धेरै उजुरी दम्पतीका समस्यासम्बन्धी नै रहेको कार्यालयका सूचना अधिकारी भविश्वर खनालले जानकारी दिए। ‘अधिकांश उजुरी श्रीमान् श्रीमतीबीचका झगडासम्बन्धी नै हुन्छन्,’ उनले भने, ‘यहाँ मिल्ने मुद्दा मिलाउँछाैं, नमिल्ने मुद्दा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाउँछौं।’

स्थानीय तहमा रहेका न्यायिक समितिमा पर्ने उजुरीमा समेत पति-पत्नीबीचको झै-झगडा नै प्रमुख मुद्दा रहने गरेका छन्।

न्यायिक समितिमा सबैभन्दा बढी उजुरी शितगंगा नगरपालिकामा परेका छन्। गएको दुई आर्थिक वर्षमा शितगंगाको न्यायिक समितिमा ६६ ओटा उजुरी परेका छन्। आव २०७८/७९ मा ३६ वटा तथा आव २०७९/८० मा ३० ओटा उजुरी परेका छन्। त्यहाँको समस्या पनि उस्तै छ। पती-पत्नीबिचको झगडा नै अधिकांश उजुरीका विषय रहेको न्यायिक समितीका संयोजक तथा नगर उपप्रमुख गिता भाट क्षेत्रीले बताईन्।

यस्तै, सन्धिखर्क नगरपालिकामा आव २०७८/७९ मा छवटा तथा आव २०७९/८० मा १२ ओटा उजुरी परेका छन्। भूमिकास्थान नगरपालिकामा आव २०७८/०७९ मा एउटा तथा आव २०७९/८० मा चारओटा उजुरी परेका छन्। यी दुवै नगरपालिकाको तथ्यांकलाई आधार मान्ने हो भने पनि दम्पतीका आन्तरिक कलह न्यायिक समितिमा उजुरीका रूपमा देखिन्छन्।

यता पाणिनी गाउँपालिकाको न्यायिक समितिमा आव २०७८/०७९ मा १४ वटा तथा आव २०७९/८० मा छओटा उजुरी परेका छन्। यस्तै छत्रदेव गाउँपालिकामा आव २०७८/०७९ मा पाँचवटा तथा आव २०७९/८० मा चारओटा उजुरी परेका छन्।

न्यायिक समितिमा सबैभन्दा बढी उजुरी शितगंगा नगरपालिकामा परेका छन्। गएको दुई आर्थिक वर्षमा शितगंगाको न्यायिक समितिमा ६६ ओटा उजुरी परेका छन्।

पालिकाको न्यायिक समितिमा आउने अधिकांश उजुरी श्रीमान श्रीमतीबिचको खटपट र दोस्रोमा गाली बेईजती रहेको छत्रदेव गाउँपालिकाका सुचना अधिकारी बुद्धिराम न्यौपानेले बताए। उनका अनुसार परिपक्क उमेर नभई बिहे गर्नु, वैदेशिक रोजगारीमा गएपछी अविश्वास हुनु, सामाजिक सञ्जालको बढ्दो प्रयोग, बेरोजगारी, नियमित मदिरा सेवन जस्ता कारणले सम्बन्धमा खटपट आउँछ। जसले गर्दा सम्बन्ध विच्छेदसम्म हुने गर्दछ। मालारानी गाउँपालिकाका न्यायिक समिति संयोजक तथा पालिका उपप्रमुख दीपा पोखरेलले सामान्य विषयमा छलफल गरेर टुंग्याउने गरेको बताइन्।

जटिल र कानुनको परिधिभन्दा बाहिरका उजुरी अदालत पठाउने गरेको उनको भनाइ छ। ‘दम्पती बीचका झैंझगडा गोप्य रूपमै छलफल गरेर निरूपण गर्ने गरेका छौं,’ उनले भनिन्, ‘खानेपानी, जग्गा जस्ता मुद्दा बहुपक्षिय सरोकारवाला बसेर सल्टाउने प्रयास गर्छौं।’

प्रकाशित: १५ भाद्र २०८० ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App