१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विराटनगरमा गाईजात्रा (तस्बिरहरु)

विशेष गरेर नेवार समुदायले गाईजात्रा मनाउने गरेका छन्। उनीहरुले आफ्नो घर परिवारका दिवंगत भएका सदस्यको सम्झना र चिरशान्तिको कामना गर्दै जात्रा निकाल्ने प्रचलन रहेको छ।

प्रत्येक वर्ष विराटनगरमा पनि गाईजात्रा निकाल्ने गरिन्छ। विराटनगरको झीःपुच बाट सुरु भएको गाईजात्रा मेनरोड हुँदै राधाकृष्ण मन्दिरमा पुगेर विसर्जन हुन्छ। गाईजात्रामा सहभागीहरुले करिब ५ किलोमिटरको यात्रा तय गर्छन्। भाद्र महिनाको शुल्क पक्षको प्रतिपदामा पर्ने यो पर्वमा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झनामा गर्ने गरिन्छ।

राजा प्रताप मल्लले गाईजात्राको सुरुवात गरेको पाइन्छ। दिवंगत आफन्तको सम्झनामा परिवारका सदस्यले गाईलाई र गाई जस्तै स्वरुप बनेर तथा अन्य विभिन्न स्वरुप बनेर बजार परिक्रममा गर्ने चलन रहेको छ। यस्तो गरे दिवंगत भएका आफन्तहरु वैतरणी पार हुने धार्मिक विश्वार रहँदै आएको छ।

गाईजात्रामा सहभागीहरुलाई फलफूल, बिस्कुट, चकलेट, अन्न र रुपैयाँ दान गर्दा परिवारमा सुखशान्ति हुने र दिवंगत भएकाहरुको वैकुण्ठमा बास हुने धार्मिक विश्काससाथ विभिन्न व्यक्तिले दान गर्छन्। गाईजात्रामा साना बच्चादेखि वृद्धवृद्धासम्मको उपस्थित रहने गरेको छ। यसरी जात्रा निकाल्दा कुनै एक परिवारमा मात्रै शोक नपरी अन्य धेरै परिवारमासमेत शोक परेको देख्दा आत्मसन्तुष्टि हुने विश्वास रहेको छ।

पछिल्लो समय गाईजात्राको अवसरमा विभिन्न हाँस्यात्मक र व्यांग्यात्मकलगायतका कार्यक्रम गर्ने चलन बढ्दै देखिन्छ।  

प्रकाशित: १४ भाद्र २०८० ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App