३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

मनास्लु हिमाल आरोहणका लागि डोरी टाङ्ने समूहले लिए अनुमति

मनास्लु हिमाल आरोहणका लागि डोरी टाङ्ने समूहले अनुमति लिएको छ। 

इमाजिन नेपाल ट्रेक एण्ड एक्पिडिसन कम्पनीले शरद सिजनमा मनास्लु हिमालको लागि डोरी टाङ्ने अनुमति पाएको पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताए।

मनास्लु हिमाल आरोहणका लागि पहिलो पटक इमाजिन नेपालले डोरी टाङ्ने अनुमति पाएको कम्पनीका व्यवस्थापक दावा फुटी शेर्पाले बत्ताइन्।

‘अहिले भर्खरै डोरी टाङ्न ४० जनाको लागि कम्पनीले विभागबाट अनुमति लिएको छ।’ उनले थपे, ‘४० जनामा ७ जना डोरी टाङ्ने शेर्पाहरु रहेका छन् भने बाँकी उनीहरुका सहयोगीहरु हुन्।’

संसारको आठौं अग्लो हिमाल मनास्लुको उचाँई ८ हजार १ सय ५६ मिटर रहेको छ। वसन्त ऋतु पछि सबैभन्दा धेरै हिमाल आरोहण शरद ऋतुमा हुने गर्दछ। शरद ऋतुमा मनास्लु र अमादब्लम हिमाल चढ्न सबैभन्दा धेरै आरोहीहरू हुन्छन्।

प्रकाशित: १३ भाद्र २०८० १७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App