२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राष्ट्रिय लोकमार्गको दुरावस्था: यात्रुलाई सास्ती

सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ। दैनिक सयौं गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस हुन्छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ-घोडाबाँधे सडकको अवस्था जोखिमयुक्त र हिलाम्मे हुँदा यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन्।

यहाँका स्थानीय साढे दुई दशकदेखि यही सडक भएर आवतजावत गर्न बाध्य छन्। बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडक कालोपत्रका लागि आठ वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो। २५ किलोमिटर सडक कालोपत्र गर्न मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई खण्ड बनाएर ठेक्का लगाएको थियो।

बागलुङ बजारदेखि काठेखोलाको ताराखसेसम्म १३ किलोमिटर भारत कन्स्ट्रक्सन सिद्धिसाई जेवीसँग २०७३ साल माघमा सम्झौता गरेको थियो भने ताराखसेदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर कालोपत्रका लागि एमपिएससिएफ इसिसी जेभीसँग २०७२ माघमा सम्झौता भएको थियो।

बागलुङ-ताराखसे खण्ड २०७६ साल माघसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेमा हालसम्म चार पटक म्याद थप गर्दा पनि ७२ प्रतिशत भौतिक प्रगति भएको लोकमार्ग कार्यालय पर्वतले जनाएको छ। यसको म्याद गत असार २० मा सकिएको थियो।

बागलुङ बजारदेखि काठेखोलाको ताराखसेसम्म १३ किलोमिटर भारत कन्स्ट्रक्सन सिद्धिसाई जेवीसँग २०७३ साल माघमा सम्झौता गरेको थियो भने ताराखसेदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर कालोपत्रका लागि एमपिएससिएफ इसिसी जेभीसँग २०७२ माघमा सम्झौता भएको थियो।

त्यस्तै ताराखसे-घोडाबाँधे खण्ड पाँच वर्षअगाडि नै सक्नुपर्नेमा पाँचौं पटक म्याद थप गर्दा पनि ७४ प्रतिशत भौतिक प्रगति भएको कार्यालयका इन्जिनियर पवन सुवेदीले बताए। उनका अनुसार यस खण्डको म्याद गत असार ५ गते सकिएको हो।

बागलुङ-ताराखसे खण्ड निर्माणका लागि ४० करोड रुपैयाँमा सम्झौता भएको थियो भने ताराखसे-घोडाबाँधे खण्डका लागि ३४ करोड रुपैयाँमा सम्झौता भएको इन्जिनियर सुवेदीले बताए।

आयोजना कार्यालयले पटकपटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि गत असार १० गते ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ। ठेक्का सम्झौता अन्त्य भए पनि अहिलेसम्म नयाँ ठेक्का प्रक्रिया अगाडि बढ्न नसकेको बताउँदै नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरिएको उनले बताए।

‘माथिल्लो खण्डको काम निर्माण कम्पनीले ढिला सुस्ती गरेकाले कार्यालयले पत्रिकामा सूचना निकालेर सम्झौता रद्द गरेको छ। सम्झौता रद्द गरेपछि निर्माण कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो। हामी गएर जफाफ दियौं, अदालतले स्टेअडर दिएन,’ इन्जिनियर सुवेदीले भने,‘अब कामको मूल्याङ्कन गरेर नयाँ ठेक्का सम्झौता गर्नुपर्ने हुन्छ, त्यसका लागि लाग्ने सबै लागत पुरानै निर्माण कम्पनीले असुल गर्नुपर्ने हुन्छ। अहिले मूल्याङ्कन गर्ने र कम्पनीलाई लाग्ने लागत असुली गर्ने प्रक्रिया सुरु भएको छ।’

आयोजना कार्यालयले पटकपटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि गत असार १० गते ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ।

लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि काठेखोला स्थानीयवासीले सडक नै अवरुद्ध गरेका थिए। इन्जिनियर सुवेदीले सडक अवरुद्ध गरेपछि लोकमार्ग कार्यालयले ठेक्का रद्द गर्ने स्थितिमा पुगेको भन्दै यस खण्ड अन्तर्गत छ किलोमिटर सडक कालोपत्र भइसकेको बताए। थप दुई किलोमिटर कालोपत्रका लागि तयारी अवस्थामा रहेको जनाउँदै चार किलोमिटर ग्राभेलको काम र दुई किलोमिटर नाली निर्माण गर्न बाँकी रहेको उनले बताए।

इन्जिनियर सुवेदीका अनुसार तल्लो बागलुङ-ताराखसे खण्डको हालसम्म सात किलोमिटर कालोपत्र भएको छ। एक किलोमिटरमा कालोपत्र गर्न तयारी अवस्थामा रहेको, पाँच किलोमिटर सडक फराकिलो गरी ग्राभेल र कालोपत्र गर्न बाँकी रहेको उनले बताए।

यस खण्डको ठेक्का सम्झौता अन्त्यका लागि तयारी गरे पनि सरकारले सार्वजनिक खरिद निवामावलीको १२औं संशोधन नियम १२० (क) बमोजिम म्याद थप भएका ठेक्काको सम्बन्धमा विभिन्न कारणले निर्माण कार्य समयमै सम्पन्न हुन नसकेकामा सम्बन्धित कार्यालय प्रमुखले एक पटकसम्मलाई म्याद थप सक्ने भने अनुसार पत्र आएको हुँदा रोकिएको इन्जिनियर सुवेदीले बताए।

स्थानीय र पालिकाले यस खण्डको काम निर्माण कम्पनीलाई अन्तिम पटक दिइने सहमति भएको उनको भनाइ थियो।

स्थानीय र यात्रुले भने दुई खण्डका निर्माण कम्पनीलाई कारबाही गरी नयाँ सम्झौता गर्नुपर्ने माग गर्दै आएका छन्। बर्खाका कारण सडकको अवस्था बिजोग रहेको भन्दै यात्रा गर्न निकै गाह्रो भएको यात्रु दिलबहादुर क्षेत्रीले बताए।

लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि काठेखोला स्थानीयवासीले सडक नै अवरुद्ध गरेका थिए। इन्जिनियर सुवेदीले सडक अवरुद्ध गरेपछि लोकमार्ग कार्यालयले ठेक्का रद्द गर्ने स्थितिमा पुगेको भन्दै यस खण्ड अन्तर्गत छ किलोमिटर सडक कालोपत्र भइसकेको बताए।

कच्ची सडकबाट भल बगेर कालोपत्र सडक समेत क्षतविक्षत भएको भन्दै आधा घण्टा लाग्ने दूरीमा अहिले दुई घण्टा लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो। सडकमा नाली नहुँदा वर्षाको भल सडकको बीच भागबाट बग्दा ठूला-ठूला खाल्डो परेको क्षेत्रीले बताए।

‘घोडाबाँधेदेखि बागलुङ बजारको दूरी जम्मा २५ किलोमिटर हो, यो दूरीमा समय लाग्ने भनेको आधा घण्टा हो तर सडकको अवस्था खराब हुँदा दुई घण्टा लाग्छ, सडक खोला जस्तो भनेको छ, ठूलो पानी पर्दा भल भग्छ, भलले गाडी नै बगाउला जस्तो गर्छ’, उनले भने, ‘यस्तो सडकमा ज्यान धरापमा राखेर यात्रा गर्नुपर्छ, यो अहिलेको मात्रै समस्या होइन, २०औं वर्षभन्दा बढी भयो, धेरै पटक यस क्षेत्रबाट सांसद् भने मन्त्री बने तर यति बाटो बनाउन सकेनन्।’

स्थानीय पवन कँडेलले बर्खाको समयमा हिलो र हिउँदमा धुलो घरभित्रै आउने हुँदा सडक नजिकका धेरै स्थानीयले बसाइँसराइ गर्न बाध्य भएको सुनाए।

यतिबेला लोकमार्ग आसपासका घर र बारीमा भएका फलफूल सबै सडकबाट उछिट्टिएका हिलोले पुरिएको बताए। दैनिक सयौं गाडी गुड्ने हुँदा सडकमा हिलोको थुप्रे बढेको भन्दै स्थानीय पैदल यात्रा गर्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन्।

प्रकाशित: १३ भाद्र २०८० ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App