२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्युत बक्यौता र चुहावट नियन्त्रण गर्न अभियान

बक्यौता नतिरेका व्यक्ति र सरकारी कार्यालयको लाईन काटिदै

विद्यतु बक्यौता र चुहावट बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले चुहावट नियन्त्रण तथा बक्यौता असुली अभियान चलाएको छ।  

प्राधिकरणको प्रादेशिक कार्यालय बुटवल र तौलिहवा वितरण केन्द्रले आईतवारदेखि संयुक्त अभियान सञ्चालन गरेको हो।  

विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहकले आनकानी गरेपछि लाईन काट्ने अभियान नै चलाएको हो।  

६० दिनभन्दा बढी समयदेखि विद्यतु महसुल नबुझाउनेहरूको लाईन काटिएको हो । पटक पटक सुचना निकाल्दा र ताकेता गर्दा पनि सुनुवाई नभएपछि आफूहरूले लाईन काट्ने अभियान चलाएको प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए।  

विद्यतु बक्यौता रहेका प्रतिष्ठित व्यक्ति, सरकारी कार्यालय गाउँपालिका स्वास्थ्य चौकी लगायतका पुराना तथा बढी बक्यौता रहेकाहरूको धमाधम लाईन काटन सुरु गरेको केन्द्रका प्रमुख झाले बताए।  

आईतावार टोलीले सुद्दोधन गाउँपालिका र मायादेवी गाउँपालिकाका बक्यौता नबुझाएका २० बढी प्रतिष्ठित व्यक्तिहरूको लाईन काटेको थियो। तिनीहरूले १५ लाखभन्दा बढीको बक्यौता तिर्न बाँकी छ।  

लाईन काटेको मध्ये आईतावार नै ८ लाखभन्दा बढी महसुल उठेको प्रमुख झाले जानकारी दिए। विद्यतु बक्यौता नबुझाएका १ सय ९१ जना ग्राहकको सूची कालोपाटीमा राखिएको छ। उनीहरूले कुल ९७ लाख बढी बक्यौता तिर्न बाँकी छ।  

लाईन काटेको धेरै दिनसम्म पनि विद्युत नतिर्ने ग्राहकको ३ पुस्ते विवरणसहित कालोपाटीमा समेत राख्ने तयारी गरिएको प्राधिकरणका प्रमुख झाले बताए।  

उनले विद्यतु चुहावट रोक्न समेत अभियान चलाइएको भन्दै प्राधिकरणको बक्यौता २७ करोडभन्दा बढी नाघेको बताए। जसमध्ये पालिकाहरूको सडक बत्तिबापत १२ करोड रकम अझै तिरेका छैनन्। विद्यतु महुसुल नतिरेको र बढी बक्यौता रहेका कपिलवस्तु कारागार र कपिलस्तु अस्पताललाई समेत महसुल बुझाउन पत्राचार गरिएको झाले बताए।  

समय मै नदिए दुबै सरकारी कार्यालयको लाईन काट्ने समेत चेतावनी दिइएको भन्दै झाले प्राधिकरणको कृष्णनगर वितरण केन्द्रले समेत बक्यौता असुलीका लागि कडाई गरेको बताए।  

प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशिल पौडेलले लामो समयदेखि महसुल नतिर्नेको लाईन काटने, चुहावट नियन्त्रण गर्न अभियान चलाइएको बताए। त्यहाँ पनि संयुक्त अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। कृष्णगनर वितरण केन्द्रमा मात्र ३० करोड बढी बक्यौता उठ्न बाँकी छ ।  

प्रकाशित: १२ भाद्र २०८० ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App