१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

स्ववियु सभापतिको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयद्वारा जारी स्नातक तहको परीक्षामा सर्लाहीबाट नक्कली परीक्षार्थी पक्राउ परेको छन्।

स्नातक दोस्रो वर्षमा समाजशास्त्रको परीक्षाको अन्तिम दिन सर्लाहीको शुभ जनता बहुमुखी क्याम्पस बरहथवाबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।

आइतबार नक्कली परीक्षार्थी विष्णुकुमार श्रेष्ठलाई पक्राउ गरिएको हो। नक्कली परीक्षार्थी श्रेष्ठले सर्लाहीको सुकेपोखरी हरिवनमा रहेको चर्तुभुजेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रेम दाहालको ठाउँमा परीक्षा दिइरहेको बुझिएको छ। स्ववियू सभापति दाहाल अनेरास्ववियु क्रान्तिकारीबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका हुन्।

चर्तुभुजेश्वर बहुमुखी क्याम्पस सुकेपोखरीको परीक्षा केन्द्र शुभ जनता बहुमुखी क्याम्पस बरहथवामा कायम गरिएको छ। आइतबार स्नातक तह समाजशास्त्र अन्तर्गत दोस्रो वर्षको अन्तिम दिनको रिसर्च मेथड इन सुसोलोजीको परीक्षामा स्ववियू सभापति दाहालले नक्कली परीक्षार्थीको रुपमा श्रेष्ठलाई राखेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक लिलानाथ लामिछानेसहितको टोली परीक्षा केन्द्रमा पुगेर नक्कली परिक्षार्थीलाई पक्राउ गरेको हो।

प्रहरी नायव उपरीक्षक लामिछानेका अनुसार नक्कली परीक्षार्थी श्रेष्ठलाई प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित: १० भाद्र २०८० १६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App