७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

७८ वर्षको पत्रमित्रता

यस्ताे पनि !

तपाईंले कहिल्यै पत्रमित्रता गर्नु भएको छ ? कुनै समय पत्रमित्रता युवामाझ लोकप्रिय थियो। स्कुल र कलेजका विद्यार्थीबीच नयाँ साथी बनाउने, पोस्टकार्डमार्फत संवाद गर्ने जस्ता क्रियाकलाप हुने गर्थ्याे।  

जुनबेलादेखि इमेल र मेसेन्जर  सञ्चारको मुख्य साधन बन्यो, त्यसयता पोस्टकार्ड र पत्रमित्रताको जुग पनि सकियो। अचेल पत्रमित्रता निकै दुर्लभ बनेको छ।

यस्तै एउटा दुर्लभ गतिविधि बेलायत र अमेरिकाका दुई जोगाइरहेका छन्। न्युयोर्क पोस्ट् पत्रिकाका अनुसार, सन् १९५५ देखि क्यारोल एन क्राउस र प्याट्सी ग्रेगोरीबीच पत्रमित्रता कायम छ। दुवैले एक अर्कासँग संवाद गर्नु पर्यो भने अझै पनि पत्र आदानप्रदान गर्ने गर्छन्।  

बेलायतको होगटन, प्याट्सी र अमेरिकाको साउथ क्यारोलिनाकी क्यारोलले ७८ वर्षदेखि निरन्तर पत्रमित्रता कायम राखेका छन्। कतिसम्म भने बेलायती प्याट्सीको हालै ८० औँ जन्मदिनका उनका सन्तानले सोधे, ‘बा, तपाईंको इच्छा के छ ?’ जवाफमा उनले भने, ‘अमेरिकामा रहेकी मेरी पत्रमित्र साथीलाई भेट्न चाहन्छु। तिमीहरूले मलाई सहयोग गर्न सक्छौ ?’

त्यसपछि प्याट्सीका सन्तानले उनलाई अमेरिकास्थित क्यारोलको घर पुर्याइदिए। पत्रमित्रलाई भेटेपछि प्रशन्न प्याट्सीले भने, ‘उनलाई देख्नेबित्तिकै उनी नै क्यारोल हुन् भन्ने चिनिहालेँ। मैले यति सहज महसुस गरेँ कि त्यस्तो अनुभूत यसअघि कहिल्यै भएको थिएन।’

प्याट्सी र क्यारोलले ‘गर्ल गाइड’ पत्रिकामा १२ वर्षको उमेरमा पत्रमित्रताको विज्ञापन देखेपछि एकअर्कालाई पत्र पठाउन थालेका थिए। प्याट्सी केही साता क्यारोलकहाँ नै बसेर घर फर्किए। सम्भवतः पत्रमित्रताको यो नै अन्तिम दशक हुनेछ।

–न्युयोर्क पोस्ट्

प्रकाशित: ७ भाद्र २०८० ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App