६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

कर्णालीमा भित्रियो एक करोड बराबरको अवैध सामान

कर्णालीमा अवैध सामाग्री छिर्ने मुख्य नाका बबई। तस्विर: गोविन्द केसी/नागरिक।

कर्णाली प्रदेशका विभिन्न ठाउँबाट प्रहरीले एक वर्षभित्र १ करोड बढी रुपैयाँको अवैध सामान बरामद गरेको छ।

गत आर्थिक वर्ष ०७९/८० मा प्रहरीले कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकाहरूबाट भन्सार चोरी–तस्करी गरिएको १ करोड ४४ लाख ८३ हजार ७ सय ९ रुपैयाँको अवैध सामान बरामद गरेको हो।

भन्सार छली र तस्करी गरी ल्याएका चिनी, मल, सुर्ती, लत्ताकपडा, प्लाष्टिक र काठ लगायतका सामान नियन्त्रणमा लिएर बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) गोपाल चन्द्र भट्टराईले बताए।

एसएसपी भट्टराईले बरामद गरिएका सामान नियन्त्रण लिई कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको बताए। मुख्यतः कर्णाली छिर्ने बबई नाकाबाट भन्सार छलीका सामानहरु ल्याइने गरेको छ। भन्सार छलीको सामान बरामद भएपनि सामान ल्याउने व्यापारी पक्राउ नहुने हुँदा प्रहरीलाई कर्णालीमा चुनौती थपिएको छ।

गत आर्थिक वर्षमा १ सय ५ स्थानहरूमा सिसी क्यामेरा जडान गरिएको बताइएको छ। कर्णाली प्रदेशका विभिन्न ठाउँका ३ सय ७८ वटा सिसी क्यामेरा प्रयोगमा रहेका छ। त्यस्तै प्रहरीले विभिन्न स्थानहरूबाट १ हजार ३ सय ५९ क्युफिट काठ बरामद गरेको छ भने, १६ क्विन्टल काईनेटीक ढुङ्गा, २० बोरा सुनपाती, ८ सय केजी सेतक चिनी, २ हजार १ सय ९२ केजी जटामसी, ४ सय ७६ केजी, पदमचाल्नो बरामद गरेको छ। यस्तै एक मृत घोरल, भालुको पित्त एक थान र चितुवाको छाला एक थान सहित ४७ जनालाई पक्राउ गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए। प्रहरी ५१ नाल भरुवा बन्दुक पनि नियन्त्रणमा लिएको छ।

प्रकाशित: २ भाद्र २०८० १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App