मलेसियामा एक निजी विमान बिहीबार सडकमा दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्यु भएको छ। राजमार्गमा गुडिरहेका कार र मोटरसाइकलमाथि विमान खसेको थियो।
दुर्घटनामा विमानका ८ जना र कारमा यात्रा गरिरहेका दुई जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। सडकमा खसेपछि विमान विस्फोट हुँदा धुवाँको मुस्लो निस्केको थियो। विमान मलेसियाको लांकावी टापुबाट राजधानी क्वालालम्पुर पश्चिमा रहेको सहर सेलाङोरका लागि उडेको थियो।
प्रकाशित: २ भाद्र २०८० ०३:३७ शनिबार





