१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आयल निगम जग्गा खरिदबारे अख्तियारको चासो

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान भइरहेको जनाएको छ।

अख्तियारका प्रमुख आयुक्त दीप बस्नेतले मंगलबार संसद्को सुशासन तथा अनुगमन समिति बैठकमा यस्तो जानकारी दिएका हुन् । उनले प्रमाण जुटेपछि भ्रष्टाचारीमाथि कारबाही प्रक्रिया अघि बढाउने बताए।

प्रमुख आयुक्त बस्नेतले ‘अनुचित’ कार्यमाथिको छानबिनलाई अख्तियारको क्षेत्राधिकारभित्र पार्न आग्रह गरेका छन् । अब संविधान संशोधन गर्दा कसैले अनुचित कार्य गरेमा छानबिन गर्ने अधिकार अख्तियारलाई दिनुपर्ने प्रावधान राख्नुपर्ने माग उनको छ।

प्रमुख आयुक्त बस्नेतले अख्तियारबाट भ्रष्टाचारीलाई कानुनी कारबाहीको दायरामा ल्याउने गरी अनुसन्धान भइरहेको बताए।

समितिले एनसेलको फोर जिबी सेवा र सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरिएको विषयमा अनुसन्धान थाल्न आयोगलाई निर्देशन दिएको छ । यस्तै समितिले अख्तियारको २६ औं वार्षिक प्रतिवेदन २०७३ मा उल्लिखित सुुझाव कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: १८ श्रावण २०७४ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App