१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङको हुग्दीखोला पुलबाट गाडी खस्यो, तीन जना घाइते

काठमाडौं- काठमाडौंबाट चितवनतिर जाँदै गरेको ना६ख ४७३८ नं. को डिब्बा गाडी धादिङको बेनिघाट रोराङ गाउपालिकास्थित हुग्दीखोलाको पुलबाट खसेको छ। डिब्बा गाडीले ना५त ९१५६ नम्बरको ट्याक्टरलाई ठक्कर दिई हुग्दीखोला पुलबाट खोलामा खसेको छ। गाडी चालक र सहचालक दुवै घाइते छन्।

ट्रक चालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र सहचालक सिन्धुपल्चोककै दिलीप सापकोटा र ट्याक्टरमा सवार धादिङका निरज चेपाङ घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

बिहान करिब साडे ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। तिब्र गतिमा रहेको ट्रकले ट्याक्टरलाई ठक्कर दिएर खोलामा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। करिब १ महिना अघि सोही पुलबाट ट्रक खस्दा ३ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित: १७ श्रावण २०७४ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App