२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लाेडसेडिङले सधैं सास्ती

दुई वर्षअघि सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्लासम्म पुर्‍याइएको राष्ट्रिय प्रसारण लाइन भरपर्दो नहुँदा यहाँका नागरिकले सास्ती खेप्दै आएका छन्। ‘बत्ती नियमित छैन’, ‘मान्मस्थित विष्ट मेडिकलका सञ्चालक तुलाराज विष्टले भने, ‘जेनेरेटरबाट काम गर्दा महँगो पर्न थाल्यो।’ अरू व्यवसायी पनि बत्तीको अनियमितताले मर्का परेको गुनासो गर्छन्।

बत्ती नियमित नहुनुले प्राधिकरण र सोलार कम्पनीबीच कमिसनको चलखेल हो कि भन्ने आशंका लाग्न थालेको स्थानीयको भनाइ छ। ‘बत्ती नियमित नभएपछि सोलार खरिद गर्नैपर्ने बाध्यता छ’, स्थानीय गोरख शाहीले भने, ‘राष्ट्रिय प्रसारण लाइन जोडेर मात्र के गर्ने सधैं बत्ती गएको गयै हुन्छ।’

उनले एक घन्टामा १५/२० पटक बत्ती जाने गरेको बताए। कालिकोटको खाँडाचक्र, सान्नत्रिवेणी र रास्कोटका ९० प्रतिशत घरधुरीमा केन्द्रीय लाइन पुगेको छ। त्यस्तै नरहरिनाथ, शुभकालिका, तिलागुफा र पचालझरनाका केही वडामा विद्युत् लाइन विस्तारको काम भइरहेको छ, जसका लागि विद्युत् प्राधिकरणले यो वर्ष करिब १० करोड रूपैयाँ खर्च गरिरहेको छ। कालिकोट हुँदै जुम्लाका चन्दननाथ, तातोपानी र तिलाका स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याइएको छ।

बत्ती नियमित नहुनुले प्राधिकरण र सोलार कम्पनीबीच कमिसनको चलखेल हो कि भन्ने आशंका लाग्न थालेको स्थानीयको भनाइ छ।

राष्ट्रिय प्रसारण लाइनको ३३ केभीको पावर नपुग्दा र सुर्खेतमा अत्यधिक गर्मी हुने भएकाले कालिकोट, जुम्ला र दैलेखको लाइन काट्नुपर्ने बाध्यता रहेको कालिकोटस्थित विद्युत् वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताए।

‘कतै लाइन दिनुपर्छ, कतै पोल ढल्छन्’, उनले भने, ‘कम क्षमताको ट्रान्समिटर हुँदा पावर पनि पुग्दैन।’

उनका अनुसार पिक आवरमा कालिकोट र जुम्लातिर बत्तीको पावर पुग्दैन। उनले दैलेखको दुल्लुमा कन्ट्रोल हुने भएकाले आफूलाई पनि बत्ती आउने-जाने कतिखेर हुन्छ भन्ने थाहा नभएको बताए। जुम्लासम्म ११ केभी मात्र लाइन गएकाले पावरमा समस्या छ। राष्ट्रिय प्रसारणको लाइन पुर्‍याउन मुगुमा पनि टेन्डरको काम भएको विद्युत् कार्यालयले जनाएको छ।

२०७२ सालको बाढीपहिरोले क्षति पुर्‍याएको सान्नीगाड साना जलविद्युत् आयोजनाको नहर नबन्दा कालिकोटका केही स्थानीय तहमा अझै पनि विद्युत् सेवा अवरुद्ध छ। ५ सय किलोवाट क्षमताको मुम्रास्थित सान्नीगाड साना जलविद्युत् केन्द्र मर्मतमा २०७२ यता झन्डै ३ करोड रूपैयाँ खर्च भए पनि भत्किएको नहर अझै सञ्चालनमा आउन नसकेको हो।

राष्ट्रिय प्रसारण लाइनको ३३ केभीको पावर नपुग्दा र सुर्खेतमा अत्यधिक गर्मी हुने भएकाले कालिकोट, जुम्ला र दैलेखको लाइन काट्नुपर्ने बाध्यता रहेको कालिकोटस्थित विद्युत् वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताए।

२०५७ मा निर्माण सम्पन्न भएर सशस्त्र द्वन्द्वमा अवरुद्ध पारिएको मुम्रा पोतमारास्थित सान्नीगाड साना जलविद्युत् आयोजना शान्ति सम्झौतापछि २०६५ जेठमा सञ्चालनमा आएको हो।

प्रकाशित: ३१ श्रावण २०८० ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App