१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाबुको मुत्यु, आमाको हत्या, सन्तानको बिचल्ली

आमाको किरिया बसेका छोरा विवेक र छोरी विद्या। तस्बिर ः ललित÷नागरिक

गत जेठ २५ मा अपहरण गरी हत्या गरिएकी कैलालीको लम्कीचुहा नगरपालिका ४ की ३३ वर्षीया मञ्जु रावलका दुई सन्तान बिचल्लीमा परेका छन्। आमाको हत्यापछि यी दुई दाजुबहिनी बिचल्लीमा परेका हुन्।

तीन वर्षअघि पति जनकबहादुर रावलको जन्डिसका कारण मुत्यु भएपछि मञ्जुले दुई सन्तालाई पालनपोषण र शिक्षा दिँदै आएकी थिइन्। दैलेखको आठबिस नगरपालिका– ३ बाट बसाइँ सरेर मञ्जुका माइती सुर्खेत पञ्चपुरी नगरपालिका ४ मा गएका थिए।

१६ वर्षअगाडि मञ्जुको कैलाली लम्कीचुहा नगरपालिका– ४ का जनक रावलसँग विवाह भएको थियो। २०८० जेठ २५ मा ३३ वर्षकी मञ्जुको कैलालीको मोहोन्याल गाउँपालिका– ५ बाँसघारी सामुदायिक वन सेतीखोलाको खोचमा जबर्जस्ती करणी गरी हत्या गरिएकी थियो।

बाबुको मुत्यु र आमाको हत्या भएपछि यी दुई दाजुबहिनी बिचल्ली परेका छन्। १५ वर्षका छोरा विवेक र ९ वर्षीया छोरी विद्याको पठनपाठन र जीवनयापन अनिश्चित बनेको छ । उनीहरू अहिले आफन्तका घरमा बसेर किरिया बारिरहेका छन्। उनीहरूको पठनपाठका लागि सहयोगको अपिल गरिएको छ। आमाको हत्या आरोपमा दुईजनालाई थुनामा राखिएको स्थानीयले बताएका छन्।

प्रकाशित: ३० श्रावण २०८० ०२:२९ मंगलबार

सन्तानको बिचल्ली बाबुको मुत्यु आमाको हत्या