१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

दुई लाख बढी घुससहित इन्जिनियर पक्राउ

धनुषाको शहिदनगर नगरपालिकाक इन्जिनियर घुससहित पक्राउ परेका छन्।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोली इन्जिनियर रमेशकुमार चौधरी र सहयोगी गुरुदेव यादवलाई पक्राउ गरिएको हो।

वडा नम्बर ९ स्थित गोठकोयलपुरका विद्यालयको पर्खाल निर्माण कार्य सप्पन्न भएपछि भुक्तानीको लागि घुस माग्दै आएकोमा इन्जिनियर चौधरीलाई एक लाख नगद र एक लाख पचहत्तर हजारको चेकसहित पक्राउ गरिएको अख्तियारको प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनका अनुसार अख्तियारको टोलीले विशेष सूचनाको आधारमा इन्जिनियर रमेश कुमार चौधरी र सहयोगी गरुदेव यादवलाई शहिदनगर नगरपालिका-३ स्थित पशु सेवा केन्द्रबाट पक्राउ गरिएको हो। इन्जिनियर चौधरी उक्त नगरपालिकामा करारमा कार्यरत थिए।

प्रकाशित: २८ श्रावण २०८० १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App