४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सौराहामा हात्तीलाई वनभोज (फोटोफिचर)

पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ। १२ औँ विश्व हात्ती दिवसको अवसरमा पारेर यहाँ पालिएका सरकारी तथा निजी गरी ६० वटा हात्तीलाई वनभोज खुवाइएको हो। युनाइटेड हात्ती सहकारी संस्थाको अनुसार निजी ३० र सरकारी ३० हात्ती वनभोजमा सहभागी थिए।

बाघमारा चौरमा हात्तीलाई लस्करै राखेर खिर, केक, उखु, सख्खर, चना सहित वनभोज खुवाइएको अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए। यी हात्तीलाई खिर ५० केजी, उखु १० क्विन्टल, ड्रागन फुट २५ केजी, स्याऊ ५० केजी, खरबुजा ११० केजी, गाँजर ५० केजी, चना १ क्विन्टल, धान ७ क्विन्टल, भेली १ क्विन्टल, फर्सि ५० केजी र भुईकटर ५० पिस बाडेर खुवाइएको थियो। एउटा हात्तीलाई दैनिक ३ क्विन्टल खाना र २ सय लिटर पानी आवश्यक पर्छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रम उद्घाटन गर्दै पुनले हात्तीहरू दर्ता गरेर सञ्चालन गर्नुपर्ने बताए। अहिले नेपालमा हात्ती दर्ता गरेर पाल्ने चलन छैन।

सरकारले निजी स्तरमा पालेको हात्तीहरूको विवरण संकलन गरिरहेको भन्दै नेपालमा १ सय ५० वटा हात्ती निजी स्तरमा पालेका हात्ती रहेको उनले जानकारी दिए। तर चितवनमा भने सरकारी ६० वटा मात्र हात्ती छन्। अहिले सौराहामा निजी हात्ती ५० वटा मात्र छन्। व्यवसायीहरुले हात्ती पाल्न नसकेपछि घटाउँदै लगेका छन्। युनाइटेड हात्ती सहकारी संस्थामा मात्रै कोरोना महामारी अगाडि ५७ वटा हात्ती थिए। अहिले ३० वटा मात्र रहेको खतिवडाले जानकारी दिए। हात्ती सञ्चालकले हात्तीका लागि निकुञ्जबाट घाँस ल्याउन दिनुपर्ने माग गरेका छन्।

तस्बिरहरु: बसन्त ढुंगाना/नागरिक

प्रकाशित: २७ श्रावण २०८० ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App