कपिलवस्तुको मायादेबी गाउपालिका ७ लालपुरमा बिषालु च्याउ खादा एकै परिवारका ७ जना बिरामी परेका छन्।
बिहीबार राति च्याउ खाएका उनीहरु बिरामी परेका हुन्। स्थानीय ४५ वर्षीय बिन्दु ठाकुर २६ वर्षीय करन ठाकुर २९ वर्षीय धर्मेन्द्र ठाकुर, २७ वर्षीया कुसुम ठाकुर ,४ वर्षीया अन्शिका ठाकुर, ६ वर्षीया ज्योति ठाकुर र ३ बर्षका सुशान्त ठाकुर बिरामी परेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले बताए।
बिरामी परको सबैलाई कपिलवस्तु अस्पताल ल्याएर उपचार गरिएको थियो। उपचार पछि सबै जना निको भएको र घर फर्कि सकेको अस्पताल प्रशासनले जनाएको छ।
प्रकाशित: २६ श्रावण २०८० ११:१७ शुक्रबार