२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

गृहमन्त्रालयले पदक नबेच्नु भनेपछि पदक फिर्ता गर्ने महावीरकाे घाेषणा

बीरगंजको कृषि औजार कारखानाको लागि खर्च जुटाउन आफूले नेपाल सरकार र अन्तराष्ट्रिय स्तरबाट पाएका पदक लिलाममा राखेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल सरकारलाइ पदक फिर्ता गर्ने घोषणा गरेका छन्। उनले पदक लिलाममा राखेको सूचना पाएपछि गृहमन्त्रालयले ति पदक नबेच्न र बेचे कानुनविपरित हुने जानकारी गराएको थियो।  

आफूले पदक बेच्न नपाउने भएपछि ति पदक  गृह मन्त्रालयलाई नै फिर्ता जाने पुनले  सामाजिक संजालबाट जानकारी दिएका हुन्। 

उनी लेख्छन्, 'कानुन मिच्ने मलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यबाद छ। नेपाल सरकारले दिएको पदक सहित मैले प्राप्त गरेको अन्य अन्तराष्ट्रिय पदकहरु बेचेर त्यसको पैसा बीरगंजको कृषि औजार कारखानालाई मर्मत सम्भार गर्न र त्यहाँ ५०० केभिएको ट्रान्सफर्मर राख्न भनेर मैले आलोक सुबेदी भाईलाई बिक्रीमा राख्न जिम्मा दिएको थिएँ । उनले रुटिन अफ नेपाल बन्द सहित अन्य अनलाइन मिडियाहरुमा लिलाम बिक्रीमा राख्न लगाएका थिए।'

उनी अगाडी लेख्छन्,  'गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंह दरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ । त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो  । बरु कानुनमा उल्लेख गरे अनुसार ति पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।'

तर पुनले अन्तराष्ट्रिय स्तरबाट पाएका पदक भने बेच्नको लागि लिलाममा राख्ने भएका छन्। अन्तराष्ट्रिय मेडलहरु बेच्न पाइने र  मेडलहरु दिने संस्थाहरुले रोकटोक नगर्ने पुनले बताएका छन्। उनी भन्छन्, 'अन्तराष्ट्रिय मेडलहरु भने मज्जाले बेच्न पाइन्छ । त्यसो गर्न ति मेडलहरु दिने संस्थाहरुले नेपालको गृह मन्त्रालयले जस्तै कुनै रोकटोक लगाएका छैनन्। '

पुनले यस्ता घटनाले झनै उर्जा दिने भन्दै आफू पछि नहट्ने पनि बताएका छन्। उनले कानूनी कारबाहीबाट धन्न बचेको भन्दै धन्यावाद पनि भनेका छन्।  

यो पनि पढ्नुहोस्

महावीरलाई विभूषण लिलामीमा नराख्न सूचित गर्दै गृहले काट्यो पत्र

 

प्रकाशित: २४ श्रावण २०८० ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App