१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बल्ल उनले स्यालुट ठोके...

रातभरीको पानीसंगै मूलपानीनजिकको मनोहराखोला पनि उर्लेर आयो। मूलपानी र बोडे जोड्ने मनोहरा पुलमा कोही अड्कीएको खवरले क्षणभरमै मानिसको पनि भेल थपियो। विहानभर पुलमा रमिता भयो।  

पुलमुनी बसेका व्यक्तिले प्रहरीको सहयोग नमान्दा स्थिती तनावग्रस्त बन्यो। तल खोला गड्गडाएर बगेको छ। माथी उक्त व्यक्ति सानो च्यापोमा अड्कीएर बसेजस्तो अवस्थामा छन्। जनपद र सशस्त्र प्रहरीको निकै प्रयासका बाबजुदपनि उक्त व्यक्तिले सहयोगको डोरी समाउँन इन्कार गरिरह्यो।  

अन्ततः सशस्त्रको उद्धार टोली डोरीको सहयाताले लाइफ ज्याकेट लिएर उक्त व्यक्ति भएको ठाउँमा पुगे। उक्त व्यक्तिले बल्लतल्ल  लाइफ ज्याकेट लगाए। उसलाई  नखसोस् भनेर डोरीले बाधियो। प्रहरीको सहयोगबाट मुश्किलका साथ उद्धार गरियो।  

उद्धार लगत्तै भने उनी प्रहरी प्रति निकै अनुग्रहि बने। खोटाङ घर भएका उनले आफ्नो नाम किरण राई भएको बताए।  सशस्त्र प्रहरी टोलीले आफ्नो जीवन जोगाएको भन्दै उनले पुलमाथीबाट प्रहरी टोलीलाई स्यालुट ठोके।

प्रकाशित: २३ श्रावण २०८० ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App