२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बाजुरामा ९६ मध्ये ३२ मुद्दा सम्बन्ध बिच्छेदका

बाजुरा जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएको देखिएको छ। जिल्ला अदालत बाजुरामा एक वर्षको अवधिमा दर्ता भएका मुद्दाको संख्या हेर्दा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा मात्रै दर्ता भएका छन्।

एक वर्षको अवधिमा दर्ता भएका ९६ मुद्दा मध्ये ३२ वटा सम्बन्ध बिच्छेदका मात्रै रहेको जिल्ला अदालतको तथ्याकंले देखाएको छ। आर्थिक वर्ष २०७८-७९ बाट सरेर आएका ४२ बाहेक यो वर्षमात्रै ९६ वटा नयाँ मुद्दा दर्ता भएका छन्। पुराना र नयाँ गरी जम्मा १३८ मुद्दा मध्ये यो वर्षको असार मसान्तसम्म ९२ वटा मुद्दा फछ्र्याैट गगरिएको छ। ४६ वटा मुद्दा बाँकी छन्।

तीमध्ये ७७ फौजदारी र ६१ देवानी प्रकृतिका दर्ता भएका हुन्। फछ्र्याैट भएकामध्ये ४९ देवानी र ४३ फौजदारी प्रकृतिका मुद्दा रहेको जिल्ला अदालत बाजुराले बताएको छ। थुनुवा प्रकृतिका ३५ मध्ये २० वटा किनारा लागिसकेका छन्। भने १५ फस्छ्यौट हुन बाँकी छन्।

अदालतमा दर्ता हुने मध्ये आधा बढी पारिवारीक विवादका नै बढी छन्। विगतका वर्षभन्दा यो वर्ष सम्बन्ध बिच्छेद सहीत पारिवारीक विवादका मुद्दा बढी आउने गरेको अधिवक्ता हर्कबहादुर खडायतले बताएका छन्। ‘अन्य मुद्दाको चाप नै छैन, सम्बन्ध बिच्छेद, श्रीमान् श्रीमतीबीचको झगडा, अंशबण्डा, बाल विवाह, बहुविवाह, बलात्कार र करणी प्रकृतिका मुद्दाहरू नै बढी छन्,’ खडायतले भने।  

सम्बन्ध बिच्छेदका लागि दर्ता भएका ३२ मध्ये २७ फछ्र्याैट भइसकेका छन्। भने ५ हुने क्रममा छन्। अंशबण्डाका मात्रै यो वर्ष १४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १२ वटा फछ्र्याैट भएका छन् भने २ वटा बाँकी छन्।  

बहुविवाहका मात्रै ५ वटा मुद्दा दर्ता भएका छन्। १ फछ्र्याैट भएपछि ४ अझै बाँकी छन्। बालविवाह २, सम्पत्तिसम्बन्धी ८ वटा मुद्दा दर्ता भएका थिए। ज्यान मार्ने कसुरअन्र्तगतका १८ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १२ वटा फछ्र्याैट गरिसकिएको छ। ६ वटा मात्रै हुन बाँकी छन्। ज्यान मार्ने उद्योगसम्बन्धी ६ वटा, आत्महत्या दुरुत्साहनसम्बन्धी ८ मुद्दा दर्ता भएका थिए। ६ वटा फछ्र्याैट भइसकेका छन् भने २ वटा बाँकी छन्। कर्तव्य ज्यानका १ मध्ये एक मात्रै बाँकी छ।  

जबरजस्ती करणीसम्बन्धी २६ वटा मुद्दा दर्ता भएकोमा १८ वटा फछ्र्यौट भएका छन् भने ८ बाँकी छन्। सम्बन्ध बिच्छेदपछि जिल्ला अदालतमा जबरजस्ती करणीका मुद्दा नै बढी दर्ता भएको देखिन्छ। पछिल्लो समय बलात्कार, जबरजस्ती करण, सम्बन्ध बिच्छेद र पारिवारिक हिंसाका घटना नै बढी आउने गरेको अधिवक्ता तुलाराम जैशीले बताए।

सम्बन्ध बिच्छेदका घटना बढी दर्ता हुनुमा प्रविधिको विकास, वैदेशिक रोजगार र श्रीमान्सँगको सम्पत्तिको आस नै देखिएको छ। बदलिएको कानुनी व्यवस्थाले पनि महिलाका पक्षमा सहज बनाइदिएपछि यस्ता घटनामा वृद्धि भएको अधिवक्ता गगन रावलले बताए।

सानो जिल्लामा पनि एक वर्षमै यति ठूलो संख्यामा सम्बन्ध बिच्छेदका मुद्दा आउनु डरलाग्दो कुरा भएको रावलको भनाइ छ। कैलालीमा मात्रै यो वर्ष ४ सय बढी पुरुषले सम्बन्ध बिच्छेदका लागि उजुरी दिएका छन्। बाजुराको हकमा भने पुरुषभन्दा बढी महिला नै सम्बन्ध बिच्छेदका लागि आउने गरेको पाइएको छ।

वैदेशिक रोजगारका लागि विदेश बस्ने, आफूहरू जागिरका लागि घर छोडेर बाहिर गएका, घरमा एक्लै बसाएका र सानो उमेरमा बाल विवाह गरेपछि अर्कैसँग सम्बन्ध राख्ने समस्याले सम्बन्ध बिच्छेदका मुद्दा बढी दर्ता हुन थालेको निष्कर्ष कानुन व्यवसायीको छ। मुद्दाको चाप सामाजिक सद्भाव बिग्रिनेगरी बढिरहेकोमा कानुन व्यवसायी पनि चिन्तित छन्। उसो त अदालती प्रक्रिया पनि पुरुषका हकमा थप झन्झसटिलो र महिलाका पक्षमा जस्तो लाग्ने हुँदा महिलाहरूले सानो विषयमा पनि उजुरी दिने गरेको पाइएको छ।  

प्रकाशित: २३ श्रावण २०८० ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App