३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले पढाइ प्रभावित !

लक्ष्मी माविको छेउमै पर्ने जिल्ली पहिरो।

बडीमालिका नगरपालिका-७ को जिल्ली गाउँ पहिरोको उच्च जोखिममा छ।

सिंगो बस्तीसहित बाटोघाटो र विद्यालय भवन समेत पहिरोको जोखिममा परेपछि दैनिक जीवनयापनमा समस्या देखिएको छ।

हरेक बिहान पहिरोले बाटो बिगार्ने गर्छ। मार्तडी कोल्टी सडकको प्रमुख अवरोध स्थल समेत त्यही जिल्लीको पहिरो हो। जिल्ली गाउँबासीलाई पानी परेको रात त्रासमा बस्नु पर्ने बाध्यता छ।

लगातारको पहिरोले गाउँदेखि १५ मिनेट दुरीमा पर्ने विद्यालय जान समेत विद्यार्थीलाई मुस्किल हुने गरेको विद्यालयका शिक्षक लक्ष्मण ओलीले बताए।

'पहिरोले विद्यार्थीहरुलाई बाटोमै रोकिनु पर्ने अवस्था सृजना भएको छ। उनीहरुलाई पहिरो तरेर विद्यालय पुग्नै सकस हुन्छ। कतिपय विद्यार्थी त विद्यालय सम्म नपुगी घर फर्किन्छन्।' उनले भने। 

लगातारको पहिरोले सडक पूर्ण रुपमा बन्द छ। पैदल यात्रामा समेत अवरोध भइरहेको छ। जिल्लीको पहिरो हिउँदको सुख्खा याममा समेत निरन्तर बग्ने गर्छ। पानी परेको दिन अभिभावकले पहिरो आउने डरले छोरी/छोरी विद्यालय नै पठाउँदैनन्। यसले उनीहरुको पढाइमा प्रत्यक्ष असर परेको छ। 

कुन बेला ठुलो पहिरो खस्ने हो ?, र पुरिने हो ?, भन्ने जोखिम सबैमा हुने गरेको छ। विद्यालय भवन नजिकै बग्ने जिल्ली पहिरोले विद्यालय परिसरलाई समेत क्षति पुर्‍याउने अवस्था देखिएको छ।

लक्ष्मी मावि जिल्लीमा ३ सय बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा जिल्ली, माउलेख, सिराडी, चुथी लगायतका बस्तीबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन्। विद्यालय र बाटो सबैतिर जोखिम बढिरहेको विद्यालयका प्रअ लालचन्द्र जैशीले बताए।

'जबरजस्ती बालबालिका विद्यालय पठाइ देऊ भन्ने अवस्था नै छैन। पहिरो लगातार बगिरहेको हुन्छ। पहिरो व्यवस्थापन वा विद्यालय व्यवस्थापन नभएसम्म सहज हुने अवस्था नै छैन। हिउँद बर्षाद दुवै सिजन जिल्ली पहिरोले दुख दिने गरेको छ।' प्रअ जैशीले भने।

प्रकाशित: २२ श्रावण २०८० १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App