४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सन्धिखर्क नगरपालिकाले कैदिबन्दीलाई दियाे फ्रिजदेखि टर्च लाइटसम्म

अर्घाखाँची कारागारका कैदिबन्दीलाई सामग्री हस्तान्तरण गरिएको छ। सन्धिखर्क नगरपालिकाले कैदिबन्दीका मागका आधारमा सामग्री हस्तान्तरण गरेको हो।

कारागारमै गएर नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजाल, प्रमुख अनुसन्धान अधिकृत ईश्वरी आचार्य लगायतको टोलीले कैदिबन्दीलाई सामग्री उपलब्ध गराएको छ। दुई थान टेलिभिजन सेट, दुई थान फ्रिज, एक थान पानी फिल्टर, एक थान प्रेशर कुकर, टर्च लाईट लगायतका सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ।  

प्रदान गरिएको सामग्रीले कैदीबन्दीलाई दैनिकी गुजार्न सहज हुने सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए।  नगरले महिला कैदिबन्दीका लागी सिलाई कटाई तालिम सञ्चालन गर्ने र सबै कैदिबन्दीको दाँत परिक्षण गर्ने योजनामा रहेको उनको भनाई छ।  

अर्घाखाँची कारागारमा हाल ६१ जना पुरुष र ९ जना महिला गरी कुल ७० जना कैदिबन्दी छन्। समय समयमा नगरपालिकाले कैदिबन्दीको स्वास्थ्य परिक्षण, विभिन्न तालिमहरुको आयोजना गर्दै आएको छ।

प्रकाशित: १२ श्रावण २०८० ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App