१६ चैत्र २०८० शुक्रबार
समाज

पहिरोले प्रहरीको भ्यान र ट्रक पुर्‍यो, दुई प्रहरीको मृत्यु, दुई बेपत्ता

तस्बिर : दीपक दाहाल

चितवन- नारायणगढ मुग्लिन सडकको कालिखोलामा गएको पहिरोमा पुरिएरको अवस्थामा दुई जना प्रहरीको शव भेटिएको छ। डिएसपी दीपक श्रेष्ठका अनुसार प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दीपक कुमार मास्केको शव भेटिएको हो। बाँकीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएर इलाका प्रहरी कार्यालय मुग्लिनको एउटा पिकअप भ्यान र मालबाहक ट्रक हराइरहेका छन्। ठाउँ ठाउँमा पहिरो गएका कारण आज सो सडक खण्ड दिनभर प्रभावित हुने सम्भावना छ। नारायणगढ मुग्लिन सडकलाई दुई लेनको बनाउन विस्तारको काम भइरहेको छ। फराकिलो बनाउन पहाड काटेको ठाउँमा पहिरोको समस्या आइरहन्छ ।

प्रहरी भ्यानमा प्रहरी सहायक निरीक्षक निश्चल तमाङको नेतृत्वमा थप तीनजना प्रहरी रहेको जिल्ला प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल कक्षले जानकारी दिएको छ। 

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार गएराति नौ बजे चार किलोमा पहिरो गएको थियो। सो ठाउँको पहिरो सफा गरेर यातायात खुलाएपछि राति एक बजे कार्यालय तर्फ फर्कदै गरेको इलाका प्रहरी कार्यालय मुग्लिनको पिकअप भ्यान इच्छाकामना गाउँपालिका वडा नं. ६ कालिखोलामा पहिरोमा पुरिएको हो। प्रहरीको भ्यानको पछाडि रहेको एउटा मालबाहक ट्रक पनि सोही बेला पुरिएको प्रहरीको भानइ छ।

प्रहरी भ्यानमा प्रहरी सहायक निरीक्षक निश्चल तमाङको नेतृत्वमा थप तीनजना प्रहरी रहेको जिल्ला प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल कक्षले जानकारी दिएको छ। तमाङ र मास्केको शव भेटिए पनि संदिप कार्की र तिलबहादुर चेपाङ सम्पर्कमा आएका छैनन्। पहिरोमा बगेको मालबाहक ट्रक त्रिशुली नदी किनारमा देखिएको प्रहरीले जानकारी दिएको छ।

ट्रकभित्र रहेका मान्छेहरुको विवरण पनि अज्ञात नै छ । नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर तथा सुचना अधिकारी शिव खनालका अनुसार चार किलो र कालिखोलामा गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ । कालिखोलाको भन्दा ठुलो पहिरो चार किलोमा गएको छ । दुवै तर्फको पहिरो हटाउन दिनभर पनि लाग्न सक्ने अवस्था छ ।

पहिरोले रातिदेखि नै गाडीहरु रोकिएका छन्। राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्गको रुपमा रहेको नारायणगढ मुग्लिन सडकमा दिनमा १० हजारसम्म गाडीहरु ओहर दोहर गर्छन्। यातायात बन्द हुँदा हज्जारौलाई मर्का पर्छ। घटना स्थलमा चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगेर उद्धार र सुरक्षाको प्रवन्ध मिलाएको प्रहरीको भनाइ छ। 

प्रकाशित: ९ असार २०७४ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App