१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मोरङमा ३ पुरुषको मृत्यु

मोरङको छुट्टाछुट्टै तीन स्थानमा भएको घटनामा परी ३ पुरुषको मृत्यु भएको छ।  

धनपालथान गाउँपालिका–५ स्थित बबियाविर्ताको एक माछा पोखरीमा हामफालेका सोही ठाउँका ५७ वर्षीय अगमलाल सरदारको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। घरबाट करिब १ सय ५० मिटर पश्चिममा रहेको पोखरीमा हाम फालेका चौधरीलाई तत्कालै उद्दार गरी रंगेली अस्पताल लगिएको र अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषित गरेको उनले बताए।  

पोखरीमा हामफाल्दै गरेको उनका दाजुले देखेका कारण तत्कालै उद्दार गरेर अस्पताल लगिए पनि बचाउन नसकेको डिएसपी दाहालले बताए। चौधरीको शव रंगेली अस्पतालमा पोस्टमार्टमका लागि राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, लेटाङ नगरपालिका–१ का ४५ वर्षीय ऋषिराम दाहालको आइतबार दिउँसो मृत्यु भएको छ। ऋषिरामलाई घरदेखि पश्चिमतर्फ भीमबहादुर लामाको खेतमा छटपटाइरहेको अवस्थामा देखेर उद्दार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङ पु¥याउनासाथ चिकित्सकले मृत घोषित गरेको डिएसपी दाहालले बताए। ऋषिरामकी छोरीले बुबा छटपटाइरहेको देखेपछि आमालाई खबर गरेको र श्रीमतीले उपचारका लागि लगेको प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित  

मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।  

त्यसैगरी, आइतबार दिउँसो सुन्दरहरैंचा नगरपालिका–९ मुस्लिम टोलस्थित अब्दुल मल्लिकको खानेपानीको इनार सफा गर्ने क्रममा डुबेर बेलबारी नगरपालिका–७ का २५ वर्षीय बौका कुमालको मृत्यु भएको डिएसपी दाहालले बताए। इनार सफा गर्ने क्रममा डुबेका कुमाललाई उद्दार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन्।

प्रकाशित: ९ श्रावण २०८० ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App