४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गैंडाको आक्रमणबाट वृद्धको मृत्यु

पूर्वी चितवनमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका-६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैंडाले आक्रमण गरेको हो। साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।  

प्रकाशित: ५ श्रावण २०८० ०५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App