२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

कस्तो रहनेछ आजको मौसम?

हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। साथै गण्डकी,  कर्णाली र लुम्बिनी  प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी  भू(भागका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको  छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू(भागका  एक(दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित: ५ श्रावण २०८० ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App