प्रहरीले ब्राउन लागु औषध ब्राउन सुगरजस्तै देखिने वस्तुसहित मेची राजमार्गबाट २ जनालाई पक्रेको छ।
झापाबाट इलामतिर आउँदै गरेको अवस्थामा सूर्योदय नगरपालिका–६, कन्यामबाट ३ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने वस्तुसहित उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सूर्योदय–५, समालबुङका २१ वर्षे प्रशिस खड्का र वडा ६ का २४ वर्षे समीर तामाङ रहेको पशुपतिनगर इलाका प्रहरी कार्यालयले जनाएको छ। बा २१ च ७९७१ नम्बरको कारमा आइरहेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी इन्स्पेक्टर सन्तोष राईले बताए।
गत जेठ २१ मा पनि सूर्योदय–८, छिपिटारस्थित मेची राजमार्गबाटै लागु औषध ब्राउन सुगरजस्तै देखिने १९ ग्राम ३ सय ३० मिलिग्रामको वस्तुसहित ३ जना पक्राउ परेका थिए। जेठ २४ मा पनि मेची राजमार्गको सूर्योदय–१०, फिक्कलछेउबाट ब्राउन सुगरजस्तै देखिने वस्तुसहित अर्का एक जना पक्राउ परेका थिए।
प्रकाशित: ३ श्रावण २०८० १४:२९ बुधबार