२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मुक्त कमैयालाई जग्गा दिने आश्वासन

लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली थारुले मुक्त कमैया दिवसकाे अवसरमा अर्को वर्षको बजेटमा  मुक्त कमैयाले जग्गा पाउने आश्वासन दिएका छन्। कमैया मुक्त भएको दुई दशक बितिसक्दा समेत बर्सेनि नेताहरूले दिने आश्वासन जस्तै गरी राजापुरमा आयोजित कार्यक्रममा मुख्य मन्त्री थारुले फेरी पनि सरकारले जग्गा दिने आश्वासन दिएका हुन। 

राजापुर नगरपालिकाको छेदिया बस्ती नजिक रहेको चौरमा मंगलवार मुक्ति दिवसको अवसरमा आयोजित कार्यक्रममा थारुले व्यबस्थापन हुन बाँकी मुक्त कमैयालाई लुम्बिनी प्रदेश सरकारले जग्गा दिएर व्यबस्थापन गर्ने घोषणा गरे। मुख्य मन्त्री थारुले बेस संस्थाका पूर्व अध्यक्ष रहँदा मुक्त कमैयाको अवस्था बारे जानकार रहेको समेत उनले बताएका छन्।बेस संस्थाको अध्यक्ष रहँदा थारुले मुक्त कमैया,शिक्षाका क्षेत्रमा ठूलो लगानी भित्राएर विदेशी दातृ निकायको लगानीमा काम गरिसकेका छन्।‘

लुम्बिनी सरकारले बाँकी मुक्त कमैयाको व्यबस्थापन गर्छ’मुख्य मन्त्री थारुले सम्बोधन गर्ने क्रममा भने,‘ढुक्क रहनुस् लुम्बिनी सरकारले जग्गा दिलाएर छाडछ।’सम्बोधन गर्ने क्रममा थारुले बनाउने परिकारलाई बा्रन्डिङ गरेर देश विदेशमा बेचेर आम्दानी बढाउने बताए।मुक्त कमैयाको श्रम बजारमा बेच्न सक्ने गरी क्षमता अभिवृद्धि गर्ने लुम्बिनी सरकारले योजना बनाएको समेत उनले सुनाए।‘ 

आफ्नो श्रमले उत्पादन गरेको बस्तु लोकल बजारमा मात्र बेचेर पुग्दैन’उनले थारु लवजमा भने,‘यसलाई काठमाडौँमा बेच्न सके मात्र श्रम र सिपको उचित मूल्य पाउने भएकाले आफू प्रयासरत छु।’ प्रजातन्त्र आएर नै मुक्त कमैया मुक्ति दिवस खुलेर मनाउन पाएको समेत उनले स्मरण गराए। बर्दियामा दश हजार बढी मुक्त कमैयाको व्यबस्थापन भइसकेको मुक्त कमैयाका अभियन्ता दुख राम थारुले बताए। ‘हामीहरूको तथ्याकमा व्यबस्थापन हुनु पर्ने मुक्त कमैयाको संख्या धेरै छ’उनले भने,‘सरकारको रेर्कडमा तीन सय मात्र बाँकी छ।’   

प्रकाशित: ३ श्रावण २०८० ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App