२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सार्वजनिक सवारीको भाडा घट्यो (सूचीसहित)

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ।  

त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराइमा ३.०९ प्रतिशतले भाडा घटाएको छ।

घटाएको भाडादर सोमबारदेखि नै लागू हुने र त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले गर्ने बताइएको छ। 

हेर्नुस् सूची 

प्रकाशित: १ श्रावण २०८० ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App