१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एक सैनिकको मृत्यु

बर्दिया-  ठाकुरबाबा –६ खैरीस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइल दुर्घटनामा शुक्रवार एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मोटरसाइकल अनियन्त्रित हुँदा भएको दुर्घटनामा नरसिंह दल सुर्खेतमा बहाल नेपाली सेनाका प्युठ अनिल बुढाक्षेत्रीको मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बुढाक्षेत्रीको उपचारका लागि भुरीगाउँ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। प्रहरीका अनुसार बुढाक्षेत्री मोटरसाईकल पछाडि बसेका थिए। गम्भीर घाईते मोटरसाईकल चालक रवीन्द्र धनाडीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । आम्बासा सुरक्षा पोस्टमा कार्यरत उनीहरु स्थानीय तहको दोस्रो चरण निर्वाचनका लागि सुर्खेतबाट खटिएको टोलीमा कार्यरत रहेको गुलरियास्थित गणका  मेजर अशोक  शाहीले जानकारी दिए।

प्रकाशित: २६ जेष्ठ २०७४ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App