२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

पाँचथरको हेंवाखोलामा बेलिब्रिज निर्माण पूरा

बेलिब्रिज मार्फत सवारी पास गराएर परीक्षण गरिदैं। तस्बिर : हरि खतिवडा, डिएसपी पाँचथर

गत असार २ गते आएको बाढीले हेवाखोलाको पुल बगाएपछि अवरुद्ध भएको पाँचथर र ताप्लेजुङ राजमार्ग सञ्चालनमा आएको छ।

मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ–पाँचथर अन्त्रगतको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिजको निर्माण कार्य सम्पन्न भएपछि आइतबार अपराह्न देखि राजमार्ग सञ्चालनमा आएको हो।

बेलिब्रिज परीक्षणको क्रममा रहेकाले सुरुमा हलुका सवारी साधन र पिकअपहरु परीक्षणमा आधारमा पास गराइने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डिएसपी) हरि खतिवडाले जानकारी दिए।

उनका अनुसार अहिले अपराह्न ४ः१५ बजे बेलिब्रिज मार्फत हल्का तथा मझौला सवारी पास गराइएको छ। यसअघि डाइभर्सनमार्फत यातायातका साधन चल्दै आएका थिए।

प्रकाशित: ३१ असार २०८० १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App